जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • दसैंमा नयाँ नोट लिन सर्वसाधारणको लाइन

दसैंमा नयाँ नोट लिन सर्वसाधारणको लाइन

नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट नयाँ नोट सटही सुरु गरेपछि नेपाल राष्ट्र बैंकको कार्यालयमा सर्वसाधारणको भिड लागेको छ। 

राष्ट्र बैंकले काठमाडौं कार्यालयका साथै आफ्नो प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको छ

राष्ट्र बैंकले कोभिड संक्रमणलाई केन्द्रमा राखेर यसपाली चाँडै नोट सटही सुरु गरेको हो। यसपाली राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि दुई साता अगाडि नै नयाँ नोट उपलब्ध गराइसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो अनुकूलतामा नयाँ नोट सटही गर्ने छन्।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको हो। बैंकहरुले प्रति ग्राहक १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने छन्।

4585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?