जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अभिकर्तालाई दिने कर्जा नरोक्न बीमा कम्पनीहरुको आग्रह

अभिकर्तालाई दिने कर्जा नरोक्न बीमा कम्पनीहरुको आग्रह

प्रदेश एक र दुई नम्बरका क्षेत्रीय प्रमुख तथा शाखा प्रमुखहरुले अभिकर्ताहरुलाई प्रवाह गर्ने कर्जामा रोक नलगाउन बीमा समिति समक्ष अनुरोध गरेका छन् । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेत्रृत्वमा गएको टोलि सँगको छलफलमा उनिहरुले यस्तो बताएका हुन् ।

बीमा समितिले गत बैशाखदेखि अभिकर्ताहरुलाई प्रवाह हुँदै आएको कर्जा रोक्न तथा प्रवाह भएको कर्जा पनि फिर्ता लिन निर्देशन दिएको थियो । यसरी अभिकर्ताहरुलाई प्रवाह हुँदै आएको कर्जालाई नरोक्न प्रदेश नम्बर एक र दुईका प्रमुखहरु तथा प्रदेश नम्बर एकका बीमा कम्पनीका शाखा प्रमुखहरुले यस्तो अनुरोध गरेका हुन् ।

बीमा समितिले अभिकर्ताहरुलाई प्रवाह भएको घर गाडी कर्जामा कडाइ नगरेको तर अन्य किसिमका कर्जामा भने रोक लगाएको निर्देशक कर्णले जनाएका थिए । बीमा कम्पनीहरुले विना धितो अभिकर्ताहरुलाई करोडौं रुपैयाँ कर्जा दिन थाले पछि समितिले कडाइ गरेको हो । अभिकर्ताहरुलाई करोडौ रुपैयाँ कर्जा दिएर टार्गेट पुर्याउन लगाउने प्रवृत्तीका कारण समितिले बाध्य भएर रोक लगाउनु परेको थियो । बीमा समितिको यस्तो कदम पछि अभिकर्ताहरुले विरोध जनाउदै आएका छन् ।

4310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका