जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • कोरोना महामारी फैलिएपछि प्रधानमन्त्री ओलीले बोलाए आइतबार मन्त्रिपरिषद्को बैठक

कोरोना महामारी फैलिएपछि प्रधानमन्त्री ओलीले बोलाए आइतबार मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज दिउँसो ४ बजेका लागि बैठक डाकिएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

बैठकमा कोरोना महामारी रोकथाम तथा उपचारका विषयमा छलफल हुने बताइएको छ। शुक्रवार सीसीएमसीले गरेको सिफारिसबारे पनि बैठकमा छलफल हुने सञ्चारमन्त्री गुरुङले जनाए। उक्त सिफारिस मन्त्रिपरिषद्को बैठकबाट पारित गर्नुपर्ने हुन्छ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमवार बस्ने भए पनि यसपटक आइतवार बोलाइएको हो। आजको बैठक पनि नियमित नै भएको मन्त्री गुरुङले बताए

 

8220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका