जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कोरोना महामारी फैलिएपछि प्रधानमन्त्री ओलीले बोलाए आइतबार मन्त्रिपरिषद्को बैठक

कोरोना महामारी फैलिएपछि प्रधानमन्त्री ओलीले बोलाए आइतबार मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज दिउँसो ४ बजेका लागि बैठक डाकिएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

बैठकमा कोरोना महामारी रोकथाम तथा उपचारका विषयमा छलफल हुने बताइएको छ। शुक्रवार सीसीएमसीले गरेको सिफारिसबारे पनि बैठकमा छलफल हुने सञ्चारमन्त्री गुरुङले जनाए। उक्त सिफारिस मन्त्रिपरिषद्को बैठकबाट पारित गर्नुपर्ने हुन्छ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमवार बस्ने भए पनि यसपटक आइतवार बोलाइएको हो। आजको बैठक पनि नियमित नै भएको मन्त्री गुरुङले बताए

 

8980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?