जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा प्रवेश, जीवन बीमा कोष एक खर्ब रुपैयाँ नाघ्यो

नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा प्रवेश, जीवन बीमा कोष एक खर्ब रुपैयाँ नाघ्यो

नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ।

२०५८ साल वैशाख २१ देखि नेपाल लाइफ इन्स्योरेन्सले बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आएको छ। देशका अधिकांश क्षेत्रमा बीमाको पुहँच पुर्‍याउँदै मानिसहरुको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै देशको सबैभन्दा सफल र उत्कृष्ट जीवन बीमा कम्पनी बन्न सफल भएको कम्पनीले दाबी गरेको छ।

कम्पनीले कोरोना महामारीको विषम परिस्थितिको सामना गर्न अग्रपङ्ती रहेर सेवामा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई सम्मान प्रकट गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म पुर्‍याउन निरन्तर विश्वास, साथ एवम् उचित मार्गनिर्देश गर्ने नियमनकारी निकाय, संचालक समिति, शेयरधनीलाई धन्यवाद दिए।

कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्ने बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई पनि सीईओ प्रसाईले आभार प्रकट गरेका छन्।यस्तै, कम्पनीले डिजिटल भुक्तानी प्रणाली तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा विस्तार गरेको जनाएको छ। कम्पनीको प्रिमियम डिजिटल वालेटहरु इ–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आइएमई पे, प्रभु पेलगायतबाट भुक्तानी गर्न सकिने जनाएको छ।

कम्पनीमा एक खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ लगानी रहेको छ। कम्पनीको जीवन बीमाकोष एक खर्ब एक अर्ब २८ करोड रुपैयाँ रहेको जनाएको छ। सेयरधनी कोष आठ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। कम्पनीको चुक्तापुँजी सात अर्ब १९ करोड रुपैयाँभन्दा बढी रहेको र एक अर्ब रुपैयाँभन्दा बढी बजार पुँजीकरण रहेको जनाएको छ।

कम्पनीले आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ करोड रुपैयाँ, पूर्ण अवधि भुक्तानी नौ अर्ब ७७ करोड रुपैयाँ तथा सर्वाधिक मृत्यु दाबी तीन अर्ब ७३ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको जनाएको छ।

कम्पनीमा एक लाख ७६ हजार ४३ प्रशिक्षित अभिकर्ता रहेका छन्। कम्पनीले हाल दुई सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ। कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार तीन सय ४२ व्यक्ति बीमित भइसकेको जनाएको छ।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका