जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • २७ वाणिज्य बैंकहरुमा डरलाग्दो खराब कर्जा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंककोः राष्ट्र बैंक बेखबर !

२७ वाणिज्य बैंकहरुमा डरलाग्दो खराब कर्जा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंककोः राष्ट्र बैंक बेखबर !

२७ वाणिज्य बैंक मध्ये सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको खराब कर्जा डरलाग्दो छ भन्दा अब फरक पर्दैन । २७ वाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तिय विवरण हेर्ने हो भने यो अवधीमा १४ वाणिज्य बैंकहरुको खराब कर्जा अत्याधिक बढेको छ भन्दा फरक पर्दैन । खराब कर्जा घटाउनुको साटो लगातार बढाउने राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलाई राष्ट्र बैंकले किन छाडा छोडेको छ यो चाहि खोजी कै विषय बनेको छ । कर्जा दिने तर उठाउन नसक्ने राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठ र नेपाल बैंकका सीइओ कृष्ण बहादुर अधिकारी माथी ठूला प्रश्न खडा भएको छ । भन्दा अब फरक पर्दैन ।

वाणिज्य बैंकहरुको खराब कर्जा क्रमशः बढ्न थालेको भेटिएको छ । बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार, १४ बैंकको खराब ऋण बढेको छ । कोभिडताका दिएको सुविधा कम गर्दै गएपछि बैंकहरुको खराब ऋण बढ्न थालेको हो। अर्कोतिर तरलता अभावले ब्याज वृद्धि भएर पनि ऋण तिर्ने क्षमतामा कमी आएको हो । ऋणको आकार बढ्दासमेत केही बैंकको खराब ऋण अनुपातमा वृद्धि भएपछि बैंकहरुले नोक्सानी व्यवस्थापन पनि बढेको देखिन्छ ।

सबैभन्दा बढी खराब ऋण दुई सरकारी बैंकको छ। राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको खराब ऋण बढी छ। यी दुवै बैंकको गत पुसको तुलनामा बढेको हो। राष्ट्रिय वाणिज्य बैंकको ३.०७ प्रतिशत पुगेको देखिन्छ । गर्भनर साब हेक्का । पाँच बैंकको दुई प्रतिशतमाथि खराब ऋण छ। यसमध्ये चार बैंकको बढेर त्यति पुगेको हो । सबैभन्दा कम नेपाल एसबीआइ, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र एनआइसी एसिया बैकको छ । मेगा, माछापुच्छ्रे, प्राइम, कुमारी, हिमालयन र सिभिल बैंकको छ । भन्दा फरक पर्दैन ।
अब यो हेरौं ।

 बैंक  २०७८ चैत  २०७८ पुस 
नेपाल एसबीआइ0.14%0.14%
 एभरेष्ट 0.26%0.26%
स्ट्यानर्डर्ड चार्टर्ड0.36%0.44%
 सानिमा 0.38%0.31%
एनआइसी एसिया0.51%0.47%
मेगा0.72%1.05%
माछापुच्छ्रे0.87%0.57%
प्राइम0.94%0.78%
कुमारी0.96%1.06%
हिमालयन 0.99%0.72%
सिभिल0.99%0.94%
लक्ष्मी1.08%0.83%
सिद्धार्थ1.12%0.37%
नबिल1.14%1.11%
प्रभु1.21%1.23%
सनराइज1.37%1.41%
बैंक अफ काठमाण्डू1.45%0.82%
ग्लोबल आइएमइ1.45%1.13%
एनएमबि1.46%1.49%
एनसीसी1.52%1.33%
सञ्चुरी1.60%1.31%
सिटिजन्स1.72%1.87%
नेपाल बैंक2.06%1.91%
नेपाल इन्भेष्टमेन्ट2.20%2.06%
नेपाल बंगलादेश बैंक2.30%1.74%
कृषि विकास बैंक2.32%2.08%
राष्ट्रिय बाणिज्य बैंक3.07%3.06%

3985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका