जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रा.लिको नाममा रहेको १ लाख ९५ हजार कित्ता र बेद प्रकाश उप्रेतीको नाममा रहेको २ लाख ३८ हजार ६४० कित्ता गरी कुल ४ लाख ३३ हजार ६४० कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ।

शेयरको मूल्य तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा आइपग्ने गरी आवेदन दिन अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

3675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका