जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • मितेरी डेभलपमेण्टको लाभांश लिनु भयो ? नलिएकालाई यस्तो सूचना आयो

मितेरी डेभलपमेण्टको लाभांश लिनु भयो ? नलिएकालाई यस्तो सूचना आयो

मितेरी डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०६७/६८ र ०६९/७० को लाभांश बुझिलिन बाँकी सदस्यहरुलाई अनुरोध गरेको छ । कम्पनीले बिहीवार सुचना जारी गरी आगामी ३० दिनभित्र उक्त आर्थिक वर्षको लाभांश बुझिलिन भनेको हो ।

उक्त अवधिभित्र लाभांश नबुझेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ । लाभांश बुझ्न बाँकी सदस्यहरुले केन्द्रिय कार्यालय धरानको शेयर शाखामा सम्पर्क राख्नुपर्नेछ । कम्पनीले आर्थिक वर्ष ०६७/६८ मा १० दशमलव ५३ प्रतिशत नगद लाभांश र ०६९/७० मा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो ।

5705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका