
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेका पाँचवटा लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारवाही गरेको छ।
केन्द्रीय बैंकका अनुसार कारवाहीमा पर्नेहरूमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन्।
बैंकका अनुसार आरम्भ लघुवित्तले न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत, गणपतिले ६.०६ प्रतिशत, सामुदायिकले ६.१२ प्रतिशत, नेरुडे मिर्मिरेले ६.०१ प्रतिशत र सिवाईसी नेपालले ६.२० प्रतिशत मात्र कायम गरेका छन्। तोकिएको मापदण्ड पूरा नभएपछि राष्ट्र बैंकले एक्सन लिएको हो।
यी पाँचवटै संस्थालाई ‘शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ (क) अनुसार कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ। शीघ्र सुधारात्मक कारवाहीसँगै राष्ट्र बैंकले विभिन्न नियामकीय निर्देशन तथा संस्थागत विनियम उल्लंघन गर्ने ती संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई समेत सचेत गराएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































