जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनएमबि बैंकले साढे ८ प्रतिशतको ऋणपत्र जेठ २ बाट जारी गर्दै, प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी

एनएमबि बैंकले साढे ८ प्रतिशतको ऋणपत्र जेठ २ बाट जारी गर्दै, प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी

एनएमबि बैंकले साढे ८ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले जेठ २ गतेबाट ऋणपत्र जारी गर्न लागेको हो।

ऋणपत्रमा छिटोमा ५ गते र पर्याप्त आवेदन नपरेमा १६ गतेतसम्म आवेदन दिन सकिने छ। अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ।

बैंकले १० बर्ष अवधिको ऋणपत्र जारीगर्न लागेको हो। बैंकले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गर्ने छ। साँवा ऋणपत्र परिपक्व भएपछि भुक्तानी हुने छ।

बैंकले कुल २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारीगर्न लागेको हो। यसमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र ‘प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गर्न छ।

बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ। बाँकी ऋणपत्र मात्र सर्वसाधारणले खरिद गर्न पाउने छन्।

9885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?