जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले प्लाष्टिक रहित बजार मेला आयोजना गर्ने

एनएमबि बैंकले प्लाष्टिक रहित बजार मेला आयोजना गर्ने

एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ ।

एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ। जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ ।

एनएमबि बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो ।

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर÷पोस मार्फत सहूलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ ।

एनएमबि बैंकले यही असोज ८ गते, शनिवारको दिन सानेपा स्थीत हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजे सम्म आयोजना गर्ने उक्त बजारमा सम्पूर्ण ग्राहकहरुलाई आमन्त्रण समेत गरेको छ ।

3920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका