जोडिनुहोस
शनिबार, चैत्र १, २०८१
शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • एससीटी नेटवर्कले ३३.३३% हकप्रद सेयर जारी गर्ने, पैसा जम्मा गर्न जेठ २४ सम्मको समय

एससीटी नेटवर्कले ३३.३३% हकप्रद सेयर जारी गर्ने, पैसा जम्मा गर्न जेठ २४ सम्मको समय

प्रभु समूह, ग्लोबल आइएमइ बैंकले मूख्य सेयर लिएकव स्मार्ट च्वाइस टेक्नोलोजिजले हकप्रद सेयर वितरण गर्ने भएको छ। कम्पनीले भुक्तानी प्रदायकको काम गर्छ। यसले आफ्नो छुट्टै भुक्तानी कार्ड (एटीएम) पनि जारी गर्छ।

कम्पनीले ३३.३३ प्रतिशतका दरले आफ्ना सेयरधनीलाई सेयर दिएर पुँजी बढाउन लागेको हो। नयाँ समूह छिर्नुअघि कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ थियो।

दुई आर्थिक बर्षको साधारणसभा गरेर कुल ५० प्रतिशत बोनस सेयर दिएको छ। यसमध्ये २५ प्रतिशत सेयर सूचिकृत भएको छ। त्यो बर्ष कम्पनीले १० प्रतिशत नगद पनि दिएको थियो। गत बर्षको नाफाबाट पनि २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद दिएको थियो। यो सूचीकरण भएको छैन।

दुई पटक बोनस सेयर वितरणपछि चुक्ता पुँजी २४ करोड हाराहारी पुगेको छ। यसको ३३ प्रतिशत अर्थात ८ करोड रुपैयाँ हाराहारी बराबरको हकप्रद जारी गर्न लागिएको हो।

कम्पनी आइतबार एक सुचना जारी गर्दै हकप्रद सेयर बापतको रकम जम्मा गर्न सेयरधनीलाई भनेको छ। हकप्रद जारी गर्ने निर्णय गत बैशाख १२ गते भएको हो। जेठ २४ गतेसम्म पैसा जम्मा गर्न भनिएको छ।

कम्पनीको अध्यक्षमा प्रभु म्यानेजमेन्ट प्रालिबाट कुसुम लामा छिन्। यसबाहेक सञ्चालकहरुमा दीपक बोहोरा, हिमालयन बैंकबाट उज्जवल राजभण्डारी, ग्लोबल आइएमइ बैंकबाट शान्ता शिवाकोटी, प्रभु बैंकबाट दीनेश थकाली, आइमइबाट रघुनाथ भण्डारी, स्वतन्त्रबाट शान्ताराज बतास छन्।

6160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?