
नेपाल बैंक लिमिटेड फेरि पनि ‘ए’ रेटिङ्गमा पर्न सफल भएको छ ।
इक्रा नेपाल लिमिटेडद्वारा मुलुककै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ अर्थात् इक्रा एनपी आईआर ‘ए’ स्तरको रेटिङ्ग प्रदान गरिएको हो ।
रेटिङ्ग एजेन्सीद्वारा यस स्तरको रेटिङ्ग प्राप्तगर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानीगर्न सक्ने पर्याप्त क्षमता हुने, पर्याप्त पूँजीकोष अनुपात रहेको, कर्जा तथा निक्षेपको जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरु प्रमाणित हुने हुन्छ ।
बैंकद्वारा कोभिड–१९ को प्रभावद्वारा सृजित प्रतिकुल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायम राख्न सफल रहेको, वित्तीय दबावलाई व्यवस्थापन गर्न कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सुशासन कायम गर्नको लागि गरिएका प्रयासहरु, नीति तथा स्थापना गरेका पूर्बाधारहरु, जोखिम बहन गर्न सक्ने क्षमता, पर्याप्त तरलता तथा पूँजीकोष, आम्दानीका श्रोतहरु जस्ता तथ्यहरुको आधारमा नेपाल बैंक लिमिटेड ए रेटिङ्गमा पर्न सफल भएको हो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































