जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नागरिक उड्डयन प्राधिकरणको नयाँ नीतिले समीट, तारा र सौर्य एयरलाइन्सलाई सकस

नागरिक उड्डयन प्राधिकरणको नयाँ नीतिले समीट, तारा र सौर्य एयरलाइन्सलाई सकस

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) संशोधन गरेपछि तीन वटा वायु सेवा सञ्चालक कम्पनीलाई सकस पर्ने देखिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले एओसीआर संशोधन गरेर वायुसेवा कम्पनीले पाँच वर्षभित्रमा न्यूनतम पाँच वटा जहाज पुर्‍याउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ । यो व्यवस्थाले अहिले पाँच भन्दा कम जहाजबाट वायुसेवा दिइरहेका कम्पनीहरु समस्यामा पर्ने भएका छन् ।

अहिले वायु सेवा सञ्चालन गरिरहेको समिट एयरसँग चार वटा जहाज छन् । त्यसैगरी, तारा एयरलाइन्ससँग तीन र सौर्य एयसलाइन्ससँग दुई वटा मात्रै जहाज छन् ।

प्राधिकरणको नयाँ व्यवस्था अनुसार अब उनीहरुले पाँच वर्ष भित्रमा पाँच वटा जहाज पुर्‍याउनुपर्ने हुन्छ ।

पछिल्लो समय आर्थिक संटकमा समेत परेको सौर्य एयरलाई प्राधिकरणले गरेको यो व्यवस्थाले झनै असर गर्ने देखिन्छ । दुई वटा जहाज भए पनि सौर्यले अहिले एउटा जहाजबाट मात्रै उडान गर्दै आएको छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले सरोकारवालासँग छलफल नै नगरी नयाँ व्यवस्था गरेर नागरिक उड्डयन प्राधिकरणले वायुसेवा क्षेत्र नै बन्द गर्न खोजेको टिप्पणी गरेका छन् । ‘कुनै निर्देशिका तथा नियमहरु संशोधन गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने व्यवस्था छ । तर, प्राधिकरणले एकलौटी रुपमा निणर्य गर्दै आएको छ’, कँडेलले भने ।

अर्का एक वायुसेवा सञ्चालकले भने प्राधिकरणको निर्णयको बारेमा छलफल गरेर धारणा तय गर्ने बताए ।

‘सरोकारवाला निकायसँग छलबिनै भएको संशोधन कार्यन्वयन हुन्छ भन्ने हुँदैन । वायु सेवा सञ्चालकको बीचमा छलफल गरेर निर्णयमा पुग्छौं’, उनले भने ।

1280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?