जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँट

कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँट

कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । कम्पनीले ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको थियो ।

कुल कित्तामध्य रू. ६० करोड बराबरको ६ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गरेको छ भने रू. ४० करोड बराबरको ४ लाख कित्ता भने आम सर्वसाधारणका लागि छुट्याईएको थियो ।

सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको कम्पनीले जानकारी दिएको छ । विक्री खुलाको अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई ८ लाख ९९ हजार ३६८ कित्ता ऋणपत्र फागुन १२ गते बुधवार बाँडफाँट गरिएको कम्पनीले सुचना मार्फत जानकारी दिएको छ ।

6465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका