जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १७ करोड रुपैयाँ

नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १७ करोड रुपैयाँ

नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा १७ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २६.८८ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो ।

तेस्रो त्रैमासिक अवधिमा कम्पनीले कुल बीमा शुल्क आर्जन १२ प्रतिशतले बढाएको छ खुद बीमा शुल्क आर्जन ३५.२८ ले बढाउन सफल भएको छ । चैत मसान्तसम्ममा कम्पनीले ९६ करोड ८४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन भने ५८ करोड १८ लाख रुपैयाँ छ ।

पुनर्बीमा कमिसन बापत हुने आम्दानी ६.२१ प्रतिशतले खुम्चिएको छ । चैत मसान्तसम्ममा यस्तो आर्जन ११ करोड ५० लाख रुपैयाँ मात्रै छ । विभिन्न क्षेत्रमा गरिएको कर्जा तथा लगानी बापत ६ करोड ६२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

खुद दाबी भुक्तानी ८० प्रतिशतले बढेको छ । कम्पनीले ९ महिनाको अवधिमा १७ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ९ करोड ९२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।

अभिकर्ता कमिसन ८.१७ प्रतिशतले बढेको छ । अभिकर्ता कमिसन बापत एक करोड ८३ लाख रुपैयाँ खर्च भएको छ । कम्पनीको पोलिसी संख्या पनि ४ प्रतिशतले खुम्चिएको छ । चैतसम्म जारी भएको पोलिसी संख्या एक लाख ११ हजार वटा रहेको छ ।

नाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि तीन रुपैयाँले बढेको छ । प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ ।

चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ जम्मा भएको छ । बीमा कोष भने ३९ प्रतिशतले बढेर ५० करोड ७१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

7415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका