जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हुन्डाई फेस्टिभ डिलाइट २०७८ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई फेस्टिभ डिलाइट २०७८ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले पुरस्कार हस्तान्तरण गरिन्।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १  विजेताले हुन्डाई आई २० जित्ने मौका पाएका थिए।

हुन्डाई फेस्टिभ डिलाइट २०७८ अफरकोे विजेताको घोषणा लाइभ लक्की ड्र मार्फत २०७८ भदौ ९ गते गरिएको थियो। हुन्डाई फेस्टिभ डिलाइट २०७८ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका हुन्।

सो योजना २०७८ भदौ २४ देखि कार्तिक ३० सम्म लागु गरिएको थियो।

4060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका