जोडिनुहोस
बुधबार, साउन १, २०८२
बुधबार, साउन १, २०८२
  • होमपेज
  • एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे।

हस्ताक्षर पश्चात एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरे । सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सिमा भित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।

हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?