जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • सिद्धार्थ बैंकले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना कोषमा १० लाख सहयोग दियो

सिद्धार्थ बैंकले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना कोषमा १० लाख सहयोग दियो

सिद्धार्थ बैंक प्रदेश १ कार्यालयले कोरोना जनसुरक्षा कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले प्रदेश १ सरकारले स्थापना गरेको कोषमा यो रकम सहयोग गरेको हो।

प्रदेश प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई चेक हस्तान्तरण गरे। कोरोना उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सहयोग गरेको बस्नेतले बताए।

कार्यक्रममा बैंकका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेल उपस्थित थिए। बैंकको प्रदेश १ कार्यालयले कोरोनाको पहिलो लहरमा समेत १० लाख रुपैयाँ सहयोग गरेको थियो।

8625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका