

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३१.८० प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन १० अर्ब ३१ करोड रुपैयाँ थियो ।
बीमा शुल्क आर्जन सँगै मुनाफा पनि ४२.८५ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १५ करोड ३७ लाख रुपयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफामा सुधार सँगै प्रति शेयर आम्दानी पनि २ रुपैयाँले बृद्धि भएको छ । जवकी कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेको छ ।