जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दशैैंको अग्रिम बुकिङमा फेरि भाडामै लफडा, बढेको भाडा कार्यान्वयन नहुँदा अन्योल

दशैैंको अग्रिम बुकिङमा फेरि भाडामै लफडा, बढेको भाडा कार्यान्वयन नहुँदा अन्योल

प्रत्येक बर्ष दशैं सुरु हुनुभन्दा एक महिना अगावै बस टिकटको अग्रिम बुकिङ खुल्ने गरेको भएपनि यो वर्ष भने अन्योलनै छ। दशैं सुरु हुन तीन साता पनि बाँकी हुँदा समेत अग्रिम बुकिङको टुंगो लागेको छैन।

यातायात व्यवस्था विभागले बिहीबार अग्रिम बुकिङ खोल्ने विषयमा व्यवसायीसहित सरोकारवाला निकायसँग छलफल गरेको भएपनि सहमति हुन सकेन। 

विभागका महानिर्देशक नमराज घिमिरेले असोज दोस्रो साताबाट बुकिङ खोलिदिन आग्रह गरेका थिए। तर व्यवसायीहरुले भाडा समायोजनको माग राखेर बुकिङ खोल्न तयार नभएका हुन्।  विभागले असार अन्तिम साता सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा  बढाउने निर्णय गरेको थियो।

विभागले एक प्रदेशबाट अर्को प्रदेशमा जान लामा रुटका यात्रुवाहक सवारीसाधन, ट्रक र अन्य सवारीसाधनको भाडादर वृद्धि गर्न सक्छ।प्रदेशभित्र संचालन हुने सवारी साधनको भाडादर वृद्धिको अधिकार प्रदेश सरकारलाई हुन्छ। केन्द्र सरकारले गरेको भाडा वृद्धि निर्णय प्रदेश १ बाहेकले कार्यान्वयन गरेका छैनन्।  सबै प्रदेशले उक्त भाडादर समायोजन गर्नुपर्ने व्यवसायीको माग छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बुधबार  व्यवसायीहरुको बैठक बोलाइएका बताउँदै त्यही बैठकले निर्णय गर्ने बताए। ‘हाम्रो आन्तरिक बैठक बस्दैछ। त्यहि बैठकले के गर्ने भन्ने निर्णय गर्छ ‘, सिटौलाले भने,’ असार २७ गते केन्द्र सरकारले भाडा समायोजनको निर्णय गर्‍यो। प्रदेश १ ले पनि कार्यान्वयन गरे। त्यो सबै प्रदेशले लागु गर्नुपर्छ।’

विभागले बिहीबार व्यवसायी लगायतका सरोकारवाला निकायसँग अग्रिम बुकिङ र अनुगमनका विषयमा छलफल गर्दैछ। ‘आगामी साताबाट अग्रिम बुकिङ खुल्छ’, विभागका निर्देशक डा.लोकनाथ भुसालले भने,’ १०,११ र १२ गतेमा एक दिन खुल्छ। निर्णय बैठकपछि हुनेछ।’

4595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका