जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा

नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आज (आइतवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताले कम्पनीले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार ३६६ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

6535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका