जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा

प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा

प्रभु बैंक लिमिटेडले नयाँ शाखा रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा सञ्चालनमा ल्याएको  छ । बैंकको लिवाङ शाखा कार्यालयको उद्घाटन  रोल्पा नगर पालिका कामेयर पुर्ण केसीले सोमबार गरेका छन ।

बैंकको लिवाङमा शाखा कार्यालयको उद्घाटन गर्दै मेयर केसी प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गर्न सफल भएको बताए  ।

प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले लिवांङका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले आग्रह गरेको  छ ।

6230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका