जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एसटीसीको ग्यास प्रति सिलिन्डर ११२० रुपैयाँमा पाइने

एसटीसीको ग्यास प्रति सिलिन्डर ११२० रुपैयाँमा पाइने

सरकारले साल्ट ट्रेडिड् र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ।

बजेट मार्फत घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट शुक्रबारबाट लागु हुने छ। कोभिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन्।

साल्ट ट्रेडिङ र खाद्य व्यावस्था कम्पनी लिमिटेडले आफुले बिक्री गर्ने सामाग्रीमा २० प्रतिशत छुट दिनेछन्। १४ सय रुपैयाँ प्रति सिलिन्टर पर्ने एसटीसी ग्यासमा २८० रुपैयाँ कम घटेर ११२० रुपैयाँमा पाइने छ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को आय- व्ययको वजेट वक्तव्यको “राहत सहुलियत र आर्थिक पुनरुत्थान” कार्यक्रमको बुदा नं.५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडवाट विक्री हुने बस्तुमा छुटको घोषणा गरेको थियो।

जसमा चामल, पिठो, दाल, नून, खानेतेल, चिनि, तथा खाना पकाउने ग्यास रहेका छन्।

12075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?