नेपाल धितो पत्र बोर्डले संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न थप पाँच संस्थागत लगानीकर्तालाई स्वीकृति प्रदान गरेको छ । योसँगै योग्य संस्थागत लगानीकर्ताको सङ्ख्या ८८ पुगेको छ ।
बुक विल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने योग्य संस्थागत लगानीकर्ताको संख्या बृद्धि गर्दै लैजाने क्रममा यसरी थप संस्थालाई स्वीकृति दिएको बोर्डले जनाएको छ। बोर्डले थप गरेका पाँच संस्थागत लगानीकर्तामा सिबिआईएल क्यापिटल लि., सिटिजन्स म्युचुअल फण्ड–१, सिटिजन्स म्युचुअल फण्ड–२, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभभलपमेन्ट लि. र कुमारी इक्विटी फण्ड रहेका छन्।