जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ओरिएण्टल इन्स्योरेन्सको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

ओरिएण्टल इन्स्योरेन्सको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको हो ।

यो सुविधा कार्यान्वयनमा आए सँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ ।

कोरोना महामारीको कारण धेरै उद्योगहरुले भुक्तानी संकलन गर्न समस्या झेलिरहेको बेला घरमै बसी इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने सुविधा ग्राहकहरुलाई दिन पाउँदा खल्ती डिजिटल वालेट उत्साहित रहेको मर्चांन्ट एक्युजिसनका वरिष्ठ अधिकारी सजनी महर्जनले बताएकी छिन् ।

8715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?