जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट निधन

एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट निधन

एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट निधन भएको छ । कमपनिको परासीस्थित बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायक महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको हो ।

बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका उनलाई एक साता अघि मात्रै कोरोना पुष्टी भएको थियो । उनको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा निधन भएको हो । शाखाका प्रमुख शिव चालिसेले ढकालको मृत्यु भएको पुष्टी गरेका छन् । विवाहित ढकालका दुई सन्तान छन् ।
9400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका