जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआईसी एसिया क्यापिटलले सारा नेपाललाई ‘आइडिया टु आईपीओ’ सेवा उपलब्ध गराउने

एनआईसी एसिया क्यापिटलले सारा नेपाललाई ‘आइडिया टु आईपीओ’ सेवा उपलब्ध गराउने

एनआईसी एसिया क्यापिटल र सारा नेपाल लिमिटेडबीच ‘आइडिया टु आईपीओ’ सेवा उपलब्ध गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।

सम्झौताअनुसार यो सेवाअन्तर्गत एनआईसी एसिया क्यापिटलले सारा नेपाललाई संस्थागत परामर्श, सेयर रजिस्ट्रारको सेवासहित आईपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमै सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्नेछ। सम्झौताबमोजम सारा नेपालको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ।

एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा दिँदै आइरहेको छ।

सारा नेपाल डिपार्टमन्टल स्टोर, जलविद्युत परियोजना, यतायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, संचार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तुतथा सेवाहरुको निर्यात गर्नेलगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भइरहेको छ । हाल सारा नेपाल लिमिटेडले किराना पसलेहरुलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ १०० भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल सञ्चालन गरिहेको छ ।

3310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका