जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • प्रभु सेलेक्ट फण्डको इकाईमा दोश्रो दिनमै माग भन्दा बढी आवेदन

प्रभु सेलेक्ट फण्डको इकाईमा दोश्रो दिनमै माग भन्दा बढी आवेदन

प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री खुला भएको दुृई दिनमै मागभन्दा बढी आवेदन परेको छ । प्रभु क्यापिटलका अनुसार जेठ ६ गते साँझसम्ममा कूल १ अर्ब ४ करोड रुपैयाँ बराबरको १० करोड ४८ लाख इकाई खरिदका लागि आवेदन परेको हो । जुन संस्थाले निष्काशन गरेको भन्दा १०४.८८ प्रतिशतभन्दा बढी आवेदन हो ।

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्री गरिरहेको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

 

6545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका