जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरन्सद्धारा साढे २६ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

नेशनल लाइफ इन्स्योरन्सद्धारा साढे २६ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

नेशनल लइफ इन्स्योरन्स कम्पनीले मृत्यु दाबी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बिमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्यया घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान गरेको हो ।

बीमित घिमिरेको क्यान्सर रोग उपचारको क्रममा गत फाल्गुण २९ गते निधन भएको थियो । स्व. घिमिरेले २०७५ मंसिर २४ गते १५ वर्षीय सावधिक जीवन बीमा गराएका थिए । उनले कम्पनीमा बीमा वापत ६ कस्ता मात्र बुझाएका थिए ।

उक्त मृत्यु दाबी वापतको चेक नेशनल लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड नारायणगढ शाखाका शाखा प्रमुख राजु साह कानुले घिमिरेकी पत्नी गीता देवी पौडेललाई हस्तान्तरण गरे । उनले ‘बीमा बचतको साथै सुरक्षा पनि हो ।’ बीमाको महत्वबारे जानकारी गराउँदै साहले सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बीमा अनिर्वाय छ ।

7175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका