जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पुनर्बीमाका प्रस्तावकहरूको सिलबन्दी फाइल समितिले खोल्यो

बीमा

पुनर्बीमाका प्रस्तावकहरूको सिलबन्दी फाइल समितिले खोल्यो

‘काठमाडौ रि' रेटिङमा अगाडि

पुनर्बीमाका प्रस्तावकहरूको सिलबन्दी फाइल समितिले खोल्यो

नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिने  गोप्य सिलबन्दी आवेदन बीमा समितिले खोलेको छ । समितिले सिलबन्दी खालेर आवेदनमाथि अध्ययन सुरु गरेको हो।

अध्ययनमा राम्रो रेटिङ पाउने कम्पनीलाई समितिले पुनर्बीमाको लाइसेन्सका लागि योग्य ठहर गर्नेछ । उत्कृष्ट कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिइने जनाइएको छ । गत बैशाख १६ गतेदेखि जेठ ५ गतेसम्म पुनर्बीमाका लागि प्रस्ताव पेश गर्न आह्वान गरिएको थियो । त्यस क्रममा अन्नपुर्ण, काठमाडौं, प्रुडेन्सियल, जेन्युन र हिमालयन गरी पाँच कम्पनीले आवेदन बुझाएका थिए ।

प्रस्तावित कम्पनीको न्यूनतम चुक्ता पूँजी १० अर्ब रुपियाँ तोकिएको थियो । आवेदकमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी प्रस्ताव गर्ने काठमाडौं रहेको छ । काठमाडौं रि–इन्सयोरेन्सले चुक्ता पूँजी १५ अर्ब रुपियाँको प्रस्ताव गरेको छ । उक्त पुँजीको ३० प्रतिशत सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्नुपर्ने छ ।

काठमाडौंले १५ प्रतिशत पूँजी दिएर विदेशी रणनीतिक साझेदार भित्र्याउने र बाँकी ५५ प्रतिशत संस्थापक सेयरधनीहरुबाट जुटाउने जनाएको छ । सो कम्पनीका सेयरधनीका रुपमा नेपाल बैंक लिमिटेडलगायत आठ वटा बाणिज्य बैंक, आठ वटा वित्तीय संस्था र बीमा कम्पनी, वसन्त चौधरी, राजेन्द्र खेतान, प्रभु ग्रुप, पवन गोल्याण समूह, शिवम सिमेन्ट ग्रुप (मोर, गुप्ता, गोयल, सारडा ग्रुप), महालक्ष्मी लाइफ ग्रुप, बतास ग्रुप, एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टलगायत २४५ भन्दा बढि समूहको लगानी रहने छ ।

बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, बीमा कम्पनीका पहिलो सीईओ रमेश भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्वसीईओ श्रीचन्द्र भट्ट सञ्चालक समितिमा रहेको छ ।

नयाँ पुनर्बीमा कम्पनी स्थापनाको लागि सबैभन्दा पहिला पहल सुरु गरेको अन्नपुर्ण रि–इन्स्योरेन्सले चुक्ता पूँजी १० अर्ब रुपियाँ प्रस्ताव गरेको छ । यस कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता नागरिक लगानी कोष रहेको छ । कोषको मात्रै १५ प्रतिशत हिस्सा रहेको यस कम्पनीमा बैंक वित्तीय संस्थाको नौ प्रतिशत, बीमा कम्पनीहरूको छ प्रतिशत, निजी क्षेत्रका कम्पनीहरूको नौ प्रतिशत, अन्य व्यक्तिगत लगानीकर्ताको ३१ प्रतिशत हिस्सा रहेको छ ।

व्यक्तिगत तथा संस्थागततर्फका प्रमुख सेयरधनीहरूमा एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे, सारडा ग्रुप, वीरेन्द्र महतो, भाटभटेनी (मिनबहादुर गुरुङ), अन्जन श्रेष्ठ लगायतको लगानी रहेको छ । कम्पनीको पुँजी ७० प्रतिशत संस्थापकबाट ३० प्रतिशत सर्वसाधारण संकलन गरिनेछ । नेपाल उद्योग वाणिज्य महासंघ कै वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका चन्द्र ढकालसहितको व्यवसायिक घरानाले प्रुडेन्सियल रि–इन्स्योरेन्स कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ ।

प्रुडेन्सियल रि–इन्स्योरेन्स कम्पनीका लागि नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका चन्द्र ढकाल लगायतका व्यवसायिक घरानाले प्रस्ताव आह्वान गरेका छन् । सो कम्पनीले १० अर्ब रुपियाँ चुक्ता पूँजी प्रस्ताव गरेको छ। यसमा आइएमई ग्रुपसहित विशाल ग्रुप, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड लगायतको लगानी रहेको छ ।

त्यस्तै, जेन्यून रि–इन्स्योरेन्सले १० अर्ब रुपियाँ चुक्ता पूँजी प्रस्ताव गरेको छ । कम्पनीले संस्थापक समूह तर्फबाट आठ अर्ब ८० करोड ७० लाख रुपियाँ राख्ने जनाएको छ । कम्पनीका आठ सय हाराहारीका लगानीकर्ता रहेका छन् । प्रमुख सेयरधनीहरुमा बीमा समितिका पूर्वप्रशासक, म्यानपावर व्यवसायी, विद्यालयक सञ्चालक लगायतका समूहको लगताी रहने छ । विज्ञ डा. रविन्द्र घिमिरे, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सीईओ जनार्दनदेव पन्त, वैदेशिक रोजागार व्यवसायी रघु पुरी, नोबेल एकेडेमीका सञ्चालक नवराज पाण्डेलगायतका उपस्थिति यस समूहमा रहेको छ । साथै, राजेन्द्र खेतानको पनि लगानी यस समूहमा रहेको छ ।

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी जानकारीमा आएको छैन । बीमा समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३  अनुसार रेटिङ गर्नेछ । हालसम्म बीमा समितिले एउटा मात्र पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको छ ।

बीमा समितिले कतिवटा पुनर्बीमा कम्पनी ल्याउँदा उपयुक्त हुन्छ भनेर अध्ययन समिति समेत गठन गरेको थियो । अहिले आवेदन बुझाएका सबै सञ्चालकहरू आफैले पुनर्बीमा कम्पनीको लाइसेन्स पाउँनु पर्छ भन्ने पक्षमा रहका छन् । समितिका प्रवक्ता राजुरमण पौडेलले सिलबन्दी प्रस्ताव खोलेको कुरा स्वीकार गर्न मानेनन् । तर स्रोतले सिलबन्दी खोलिएको कुरा सतप्रतिशत सत्य भएको दाबी गर्यो ।

5240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका