जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • प्रभु सेलेक्ट फण्ड ८२ हजार १५२ जनाले पाए

प्रभु सेलेक्ट फण्ड ८२ हजार १५२ जनाले पाए

प्रभु सेलेक्ट फण्ड ८२ हजार १ सय ५२ जना आवेदकले पाएका छन्।

आवेदन दिने ८५ हजार ५ सय ५५ जनाले दिएका थिए। यसमध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएकाबाहेक ८२ हजार १ सय ५२ जनाले पाएका हुन्।

न्यूनतम १०० इकाईदेखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसारकै इकाईहरु बाँडफाँड गरिएको छ। १० लाख इकाई माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ।

जेठ ५ गतेदेखि ९ गतेसम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएको थियो। निष्काशनको करिब २ गुणासम्म आवेदन परेपछि सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोडको भएको छ।

यसमध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ।

फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबर्द्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात १७ करोड ५० लाख रुपैयाँको र योजना व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड २५ लाख रुपैयाँको इकाई सुरक्षित गरी बाँडफाँड गरेको छ।

8340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका