जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सरकारले ह्वातै बढायो ह्विस्की र वाइनमा अन्त:शुल्क

सरकारले ह्वातै बढायो ह्विस्की र वाइनमा अन्त:शुल्क

सरकारले वियर, ह्विस्की, वाइन र  चुरोटमा अन्त:शुल्क ह्वातै बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यी वस्तुको अन्त:शुल्क बढाएका हुन्।

बजेटमार्फत प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले वियरमा लाग्दै आएको अन्त:शुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्‍याएको छ। बजेटबाट वाइन लिटरको १६५ रुपैयाँ रहेको अन्त:शुल्क १ सय ९८ रुपैयाँ पुर्‍याइएको छ। १५ युपीको मदिराको अन्त:शुल्क १५ सय ९२ रुपैयाँ पुर्‍याइएको छ। २५ युपीको मदिरा लिटरमा ९ सय ९० रुपैयाँ लिँदै आएकोमा १ हजार १ सय १८ रुपैयाँ अन्त:शुल्क पुर्‍याइएको छ।

३० युपीको मदिरा ९२० रुपैयाँ अन्त:शुल्क लिइएकोमा १ हजार १ सय ५ रुपैयाँ पुर्‍याइएको छ। अन्य मदिरामा १ हजार ३ सय २५ रुपैयाँ लिटर अन्त:शुल्क १ हजार ५ सय ९२ रुपैयाँ पुर्‍याइएको छ। अब वियर बोतलको ५० रुपैयाँ बढ्नेछ। वल्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सनको मूल्य लिटरमा ४ सय रुपैयाँ बढ्नेछ। रुस्लान भोड्का र ८८४८ लिटरमा ३ सय रुपैयाँ बढ्ने अनुमान गरिएको छ।

मदिरा उद्यमी रवि केसीले सरकारले करको दर बढाएर नेपालको मदिरा संसारकै महँगो बनाएको बताए। ‘हामीले बजेट आउनु अघि प्रिजेन्टेसन गरेर मदिरा उद्योगको अवस्था र राजस्व बढ्ने आधारहरु प्रस्तुत गरेका थियौं। तर सरकारले बजेटमार्फत अत्याधिक मूल्य बढाएर स्वदेशी मदिरा धरासायी बनाउन खोज्यो,’ उनले बिजमाण्डूसँग भने, ‘अब भारतीय मदिरा अवैध रुपमा आएर बिक्री हुनेछ। नेपाली मदिरा उद्योग समाप्त हुनेछ।’

5800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?