जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • निषेधाज्ञा केहि खुकुलो बनाएर जेठ मसान्तसम्म कायमै

निषेधाज्ञा केहि खुकुलो बनाएर जेठ मसान्तसम्म कायमै

काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको छलफल सकिएको छ । निषेधाज्ञालाई जेठ मसान्तसम्म कायमै राखिने विषयमा छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । उनले भने ‘निषेधाज्ञालाई केहि खुकुलो बनाएर जेठ मसान्तसम्म कायम राखिने छलफल भएको छ तर आधिकारिक निर्णय भने भोलि बिहान मात्रै हुने छ ।’

छलफलमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुका केहि शाखा कार्यालयहरु स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिने विषयमा पनि छलफल भएको निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार जेठ २० पछि  किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु पनि खोल्न दिइने भएको छ ।

सार्वजनिक निजी निर्माणलाई वैज्ञानिक विधिबाट सञ्चालन हुन दिने विषयमा पनि छलफल भएको छ । खाद्यान्न पसलहरु भने खोल्न दिइने विषयमा सबैको सहमति रहेको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई पनि खोल्न दिइने विषयमा छलफल भएको निरौलाले जानकारी दिए । केहि छलफलको विषय बाँकी रहेकोले निर्णय भोलि गरिने उनले बताए ।

6835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका