जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कुमारी बैंक कम्पनी विश्लेषण

अर्थ राजनीति

कुमारी बैंक कम्पनी विश्लेषण

कुमारी बैंक कम्पनी विश्लेषण

बिहीवार बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३५२ पुगेको हो । बिहीवार बजार बढेसँगै अधिकांश वाणिज्य बैंकहरूको शेयर मूल्यमा वृद्धि भएको छ ।

चालू आवको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रु. ९८ करोड ४६ लाख ४९ हजार रहेको छ । बैंकले सो अवधिमा आर्जन गरेको खुद नाफाबाट एनएफआरएस प्रणालीअनुसार विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ ।

बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ८० करोड ८४ लाख नाफा कमाएको हो । सो अवधिमा बैंकको  प्रतिशेयर आम्दानी रु. १७ दशमलव ३७ रहेको छ । बैंकले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो लामो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७१ दशमलव ४५ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५ दशमलव शून्य ८ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

6305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका