जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सम्पति शुद्धिकरण विभागले सूर्यबहादुर केसीलाई दियो क्लिन चिट

सम्पति शुद्धिकरण विभागले सूर्यबहादुर केसीलाई दियो क्लिन चिट

सम्पति शुद्धिकरण विभागले उद्योगी एवं सांसद स्वर्गीय सूर्यबहादुर केसीको सबै सम्पतिको स्रोत खुलेपछि क्लिन चिट दिएको छ।

रुपनारायण भट्टराई विभागको महानिर्देशक भएको बेला सम्पतिको स्रोत नखुलेको भन्दै केसी विरुद्ध मुद्दा हाल्ने तयारी गरेको थियो। तात्कालिन समयमा केसीको ३० करोड रुपैयाँ बराबर ‘कालोधन’ फेला परेको विभागको दाबी गलत मानसिकताबाट निर्देशित रहेको पाइएको छ।

‘पोखराका पूराना उद्योगी केसीलाई अनाहकमा विभागको तात्कालिन नेतृत्वले स्रोत नखुलेको भन्दै बदनाम गराउने उदेश्यले अनुसन्धान अगाडि बढाएको थियो,’ विभागका एक कर्मचारीले भने, ‘गलत मानसिकताका आधारमा अनुसन्धान अगाडि बढाइएको थियो। जुन प्रमाणित हुन सकेन्।’

स्वर्गीय केसी पोखराका पूराना उद्योगी थिए। उनी राप्रपा सहप्रवक्ता थिए। राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट सांसद थिए।

केसीको नेतृत्वमा हिमश्री फुड्स प्रालि , हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू -सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक खुलेका छन्।

उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक समेत भएका थिए।

5610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका