जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रत्येक पटक ब्रान्डिङमा नयाँ शैली र सिर्जना अपनाउनु पर्छ: मेघेन्द्र

समाचार

प्रत्येक पटक ब्रान्डिङमा नयाँ शैली र सिर्जना अपनाउनु पर्छ: मेघेन्द्र

‘ब्रान्डिङ किङ’ मेघेन्द्रको करिअर कथा

प्रत्येक पटक ब्रान्डिङमा नयाँ शैली र सिर्जना अपनाउनु पर्छ: मेघेन्द्र

भनिन्छ हरेक व्यक्तिसँग कुनै न कुनै प्रतिभा हुन्छ । तर, एकै व्यक्तिमा बहुप्रतिभा मुस्किलले पाइन्छ । त्यस्तै एक बहुमुखी प्रतिभाका धनी हुन्- मेघेन्द्रप्रकाश गिरी । उद्योग, व्यवसाय र कर्पोरेट वृत्तले उनलाई ‘ब्रान्डिङ किङ’को रुपमा चिन्छ । उनको ब्रान्डिङ करियरमा थुप्रै यस्ता कम्पनी जोडिएका छन्, जसका उत्पादन ब्रान्ड उनको सिर्जनात्मक कार्यले मनमनमा बस्न सफल छन् । ब्रान्डिङका लागि उनले चलाउने जादुमयी सिर्जनाका कारण नै उनी जुन ब्राण्डमा काम गर्छन्, त्यही ब्रान्ड सफलताको शिखरमा पुग्छ ।

त्यसो त मेघेन्द्रले करिअर सुरुआत मार्केटिङबाट गरे । मार्केटिङ, सेल्स हुँदै उनी ब्रान्डिङमा बुलन्द भए । नेपालको कर्पोरेन्ट क्षेत्रमा अहिले ब्रान्डिङ भन्नासाथ मेघेन्द्रलाई सम्झिइन्छ ।

धेरैलाई थाहा नहुन सक्छ- उनी गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशकसमेत हुन् । उनले गीत रचना, गायन, अभिनय, संगीत संयोजनसमेत गरेका छन् । २०५२ सालमा बीबीसी नेपाली सेवाले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उनले ‘बिझाइ नदेऊ यो मुटुमा फूल टिप्दा काँडा बनेर…’ बोलको आधुनिक गीत गाएका थिए । उक्त कार्यक्रमलाई बीबीसी टेलिभिजनले समेत प्रशारण गरेको थियो । उनको गीतसंगीततर्फको यात्रा त्यति बेलैदेखिको हो । यसबाहेक उनले अन्य दुईवटा गीत लेखेर स्वरसमेत दिएका छन् ।

धेरै विज्ञापनको अवधारणा बनाएका छन् । विज्ञापन रचना गरेका छन् । र, मोडलिङ तथा अभिनय पनि गरेका छन् । कलेज पढाएका छन् । राष्ट्रिय स्तरका केही प्रतियोगितामा निर्णायक समेत भएर काम गरेका छन् । अर्थात् यी सबै प्रतिभा र सीपयुक्त कर्महरुको एकमुस्ठ रुप हुन्- मेघेन्द्र ।

भन्छन्- ‘म अल इन वान हुँ यसमा मलाई गर्व छ ।’

मार्केटिङ वा ब्रान्डिङको क्षेत्रमा काम गरिरहे पनि उनी अल इन वान अर्थात् गीत रचना, गायन, संगीत सिर्जना, विज्ञापन लेखन, निर्देशन वा अभिनय तथा नृत्य गर्ने जस्ता प्रतिभाका धनी हुन् ।

यी सबै प्रतिभा र अनुभवको प्रयोगले कम्पनीलाई उनले राम्रो नतिजा दिन सक्छन् । त्यसैले विगतमा काम गरेर छोडेका कम्पनीहरुले पनि राम्रो सेवा सुविधासहति फेरि कम्पनीमै फर्केर काम गर्न अफरहरु अहिले पनि आइरहेको उनी बताउँछन् ।

आइडिया जुनैबेला पनि आउन सक्छ
कुनै पनि ब्रान्ड स्थापना गर्न ब्रान्डिङमा काम गर्ने मान्छेले स्वतन्त्र ढंगले काम गर्न पाउनु पर्ने मान्यता उनी राख्छन् । घरमा, बेड रुममा, बाथ रुममा, सडकमा वा कार्यालयमा जहाँ पनि मस्तिष्कले नयाँ अवधारणा वा नयाँ कुराको सिर्जना गर्न सक्ने उनी बताउँछन् । ‘कम्पनीका कतिपय स्लोगन, गीत तथा यस्तै सिर्जना मैले राती १२ बजे उठेर पनि घरमा लेखेको छु,’ उनी भन्छन् ।

उनी सम्झिन्छन्- ‘कान्तिपुर टेलिभिजनको प्रसारणको तेस्रो वर्ष लाग्दै थियो । दोस्रो वार्षिकोत्सव मनाउन प्रिन्ट भर्सनमा प्रोमोशनल एड बनाउनुपर्ने भयो । सबैलाई उक्त एड डिजाइन गर्न भनियो । मैले पनि बनाउने निधो गरेँ । एउटा २ वर्षको बालकको कपडा नलगाएको फोटो पछाडिबाट ग्रिन कलरमा खिचेँ । उक्त बालकले दुई पाइला हिँडेर तेस्रो पाइलामा पुगेपछि आकाशतिर दुबै हात फैलाएर ग्लोब समातेको फोटो डिजाइन गरेँ । र त्यसै डिजाइनमा ‘मिठो सम्झना हिजोको, छ कल्पना भोलिको’ भनेर स्लोगन लाइन लेखेँ ।

टाइम फ्रेममा र कार्यालयको परिधिभित्र बाँधेर मात्रै यो सम्भव नहुन सक्छ । व्यवस्थापनले ब्रान्डिङमा काम गर्नेलाई स्वतन्त्रता पनि दिनुपर्ने र स्वतन्त्र मष्तिस्कले सोच्न सक्नुपर्ने उनको मान्यता छ । उनी भन्छन्- ‘इफ यु वान्ट टु चेन्ज योर ब्रान्ड किप योर आइज एन्ड साइड टु योर टार्गेट अडियन्स । अर्थात्, मेरो लक्षित ग्राहकले के चाहन्छ ? के सोच्छ ? के खान्छ ? के लगाउँछ ? कसरी हिँड्छ ? के बोल्छ ? उसको आयस्तर कस्तो छ ? भन्ने प्रश्नहरुको जवाफ मैले जान्नै पर्छ । मेरो ग्राहकको मनोभाव मैले पढ्न सक्नुपर्छ ।’ ग्राहकलाई जति बढी बुझ्न सक्यो ब्रान्डिङ गर्न उति नै सजिलो हुने र सिर्जना फुर्ने उनको अनुभव छ ।

उनी सम्झिन्छन्- ‘कान्तिपुर टेलिभिजनको प्रसारणको तेस्रो वर्ष लाग्दै थियो । दोस्रो वार्षिकोत्सव मनाउन प्रिन्ट भर्सनमा प्रोमोशनल एड बनाउनुपर्ने भयो । सबैलाई उक्त एड डिजाइन गर्न भनियो । मैले पनि बनाउने निधो गरेँ । एउटा २ वर्षको बालकको कपडा नलगाएको फोटो पछाडिबाट ग्रिन कलरमा खिचेँ । उक्त बालकले दुई पाइला हिँडेर तेस्रो पाइलामा पुगेपछि आकाशतिर दुबै हात फैलाएर ग्लोब समातेको फोटो डिजाइन गरेँ । र त्यसै डिजाइनमा ‘मिठो सम्झना हिजोको, छ कल्पना भोलिको’ भनेर स्लोगन लाइन लेखेँ । धेरै एड एजेन्सीहरु, एड निर्माताले बनाएको मध्येबाट मैले बनाएको उक्त प्रोमोशनल एड छनोट भयो । त्यसपछि यस्ता धेरै सिर्जनाहरु गरियो । कान्तिपुर टेलिभिजनको प्रवद्र्धनका लागि नेपालका धेरै ठाउँ र मलेसिया, थाइल्यान्डलगायत धेरै देशमा गएँ ।’

बैंकिङ करिअर सुरु गर्न सन् २०१० मा त्रिभुवन विश्वविद्यालयमा एमए एकोनोमिक्स अध्ययन सुरु गरे । उत्तीर्ण गरेपछि उनी एनआईसी एसिया बैंकमा प्रवेश गरे । मिडियाबाट बैंकिङ क्षेत्रमा काम सुरु गरे । तर, उनले त्यहाँ पनि ब्रान्डिङकै काम पाए । त्यसपछि उनले ‘जल, स्थल र आकाश’मा ब्रान्डिङ गर्ने योजनामा काम गरी उक्त बैंकको ब्रान्ड स्थापित गरिदिए । स्थलमा देशभरी गरे । जलमा पोखराको तालबाराही मन्दिरमा ब्रान्डिङ गरे । र, अकाशमा प्लेनहरुमा एनआइसी एसिया बैंकको ब्रान्डिङ गरे ।

सिर्जनात्मक ब्रान्डिङ करिअर उनले यहीँबाट सुरु गरे । कान्तिपुरमा काम गर्दाताका नै उनले पशुपती पेन्टस्, चाचान ग्रुप, बर्ड मोबाइल लगायत कम्पनीका उत्पादनको ब्रान्डिङ गरे । त्यसपछि कान्तिपुर टिभी छोडेर बैंकमा काम गर्ने निधो गरे । बैंकिङ करिअर सुरु गर्न सन् २०१० मा त्रिभुवन विश्वविद्यालयमा एमए एकोनोमिक्स अध्ययन सुरु गरे । उत्तीर्ण गरेपछि उनी एनआईसी एसिया बैंकमा प्रवेश गरे । मिडियाबाट बैंकिङ क्षेत्रमा काम सुरु गरे । तर, उनले त्यहाँ पनि ब्रान्डिङकै काम पाए । त्यसपछि उनले ‘जल, स्थल र आकाश’मा ब्रान्डिङ गर्ने योजनामा काम गरी उक्त बैंकको ब्रान्ड स्थापित गरिदिए । स्थलमा देशभरी गरे । जलमा पोखराको तालबाराही मन्दिरमा ब्रान्डिङ गरे । र, अकाशमा प्लेनहरुमा एनआइसी एसिया बैंकको ब्रान्डिङ गरे ।

नेपालको बैंकिङ क्षेत्रको ब्रान्डिङमा एनआइसी एसिया बैंकमार्फत मेघेन्द्रले त्यतिबेला एउटा ‘टे्न्ड’ नै ‘सेट’ गरे । त्यसपछि, उनको कार्यलाई पच्छ्याउँदै अरु थुप्रै र सबैजसो बैंकले ब्रान्डिङलाई व्यापक बनाए । उनलाई ब्रान्डिङका लागि अन्य धेरै कम्पनीबाट अफर आयो । उनी नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरे । अहिले उनी नेपाल लाइफ इन्स्योरेन्समा ब्रान्डिङको काम गरिरहेका छन् । त्यो पनि विल्कुल फरक र नयाँ नयाँ शैलीमा । एनएलआईसी भनेर चिनिइहरेको कम्पनी उनकै नेतृत्वको ब्राण्डिङ्का कारण अहिले नेपाल लाइफ बनेको छ ।

 

ब्राण्ड स्थापनाको छुट्टै शैली
२०७७ सालको तिहारमा कोरोना महामारीका कारण मानिस भेला हुने अवस्था थिएन । लकडाउन खुले पनि देउसी भैलो नखेल्न र घरमै बसेर रमाइलो गरी तिहार मनाउनु भन्ने सरकारको आग्रह थियो । घरमै बसेर देउसी गीत सुन्दै रमाइलो गर्ने र नेपाल लाइफको शुभकामनामा पनि आम नागरिकमा प्रवाह हुने तिहार गीत निर्माण गर्ने सोच बनाए । त्यसपछि उनले तिहार गीतको शब्द रचना गरे ।

‘झिलिमिली बत्ति बाली रंगाइदिऊँ है सारा नेपाल…’ बोलको उक्त तिहार गीतमार्फत जीवन बीमाप्रति मानिसको अभिरुची जगाउने, नेपाल लाइफकाे ब्रान्ड प्रोमोशन गर्ने र तिहारको शुभकामना दिने सबै काम भयो । उक्त गीतको शब्द, संगीत संयोजन, स्वर, अवधारणा र अभिनयसमेतको काम गिरीले नै गरेका छन् ।

४ दिनमै उक्त तिहार गीतले १ मिलियन अर्थात् १० लाख भ्युज पायो । खुसी व्यक्त गर्दै गिरी भन्छन्, ‘विज्ञापन थोपरिएको जस्तो पनि हुनसक्छ । पब्लिसिटी भने सबैका लागि ऐच्छिक हुन्छ । र, यसले ब्रान्डिङमा धेरै सहयोग गर्छ । एउटा कोलगेट किन्न तपाईं भाटभटेनी डिपार्टमेन्टल स्टोर छिर्नुभयो भने १० ओटा अरु सामान किनेर ल्याउनु हुन्छ किनभने त्यहाँ तपाईंलाई कुनै सामान किन्न कसैले दबाब दिँदैन । ब्रान्ड देखेपछि तपाईँलाई विश्वास जाग्छ । आवश्यकताको महसुस आफसेआफ हुन्छ । किन्न मन लाग्छ । हो त्यस्तै, पब्लिसिटीले मानिसलाई समान किन्न भन्दैन । तर, मानिसले आफैं आवश्यकताको बोध गरेर वस्तु वा सेवा खरिद गर्छन् । अन्तर्राष्ट्रिय कम्पनी वालमार्टले पब्लिसिटीकै माध्यमबाट वार्षिक २ सय विलियन डलरको सामान बिक्री गर्छ । यो एउटा गतिलो उदाहरण हो ।’

पब्लिसिटी बढाउन कम्पनीले स्वतन्त्रता दिनुपर्छ भन्ने उनलाई उनकाे अफिस नेपाल लाइफले सिर्जनाका लागि पूर्ण स्वतन्त्रता दिएको छ । यसले उनको सिर्जनात्मकता अझ बढेर गएको छ । अहिलेको लकडाउनको बेलामा पनि सबै मिलेर लडौं भन्ने गीतमा काम गरेका छन् ।

नेपाल लाइफको ब्राञ्च म्यानेजर सम्मेलन र अभिकर्ता सम्मान कार्यक्रमलाई उनकै अवधारणा अनुसार सम्मानित इभेन्टको रुपमा उचाइमा पुर्याइएको छ । ‘अभिकर्ता सम्मान कार्यक्रममा देशभरिबाटै आएका अभिकर्तालाई गीतसंगीत र लाइभ इभेन्टको माध्यमबाट हामीले आइफा अवार्डकै झल्को दिने गरी सञ्चालन गर्ने गरेका छौं,’ उनी भन्छन्, ‘यसले ब्रान्डलाई जीवन्त बनाउँछ ।’

मलाई तुमको हम नहीँ पढाएंगे भन्दै ट्युसन पढाउन मानेनन् । त्यसपछि मैले ९१ दिनको तालिका बनाएर आफैंले सामग्री खोज्दै मेहनत गरेर पढ्न थालेँ । रातीको धेरैबेर पढ्ने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । परीक्षाको नतिजा आउँदा मैले आफ्नो संकाय मात्र होइन सबै संकायमा क्याम्पस नै टप गरेँ । यसरी २०४९ सालमा आइकम उत्तीर्ण गरेँ । सकारात्मक ‘इगो’ राखेर गणीतमा मात्रै राम्रो गरेपछि अरु विषय राम्रै भएकोले टप गर्न सफल भएँ ।’

ब्रान्डको पनि जीवन चक्र हुने उनको धारणा छ । भन्छन्- ‘कुनै ब्रान्ड जन्मिन्छ, समृद्ध हुन्छ र पुनः ओरालो लाग्छ । त्यसलाई फेरि अर्को तरिकाले मानिसको आवश्यकता, समय र सोचको आधारमा अघि बढाउनु पर्ने हुन्छ । हो त्यसैका लागि सिर्जनात्मकता चाहिन्छ ।’

गुलरियादेखि काठमाडौंको यात्रा
मेघेन्द्रले बर्दियाको गुलरियामा विद्यालय शिक्षा पूरा गरेका हुन् । २०४७ सालमा एसएलसी उत्तीर्ण गरी स्थानीय क्याम्पसमै आईकम पढे । कलेजमा गणीत, अंग्रेजीलगायत विषय पढाउने भारतबाट शिक्षाहरु आउँथे । गणीतमा कमजोर मेघेन्द्रलाई एक भारतीय शिक्षकले गणीतको ट्युशन पढाउनै इन्कार गरे ।

उनी सम्झन्छन्- ‘उनले मलाई तुमको हम नहीँ पढाएंगे भन्दै ट्युसन पढाउन मानेनन् । त्यसपछि मैले ९१ दिनको तालिका बनाएर आफैंले सामग्री खोज्दै मेहनत गरेर पढ्न थालेँ । रातीको धेरैबेर पढ्ने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । परीक्षाको नतिजा आउँदा मैले आफ्नो संकाय मात्र होइन सबै संकायमा क्याम्पस नै टप गरेँ । यसरी २०४९ सालमा आइकम उत्तीर्ण गरेँ । सकारात्मक ‘इगो’ राखेर गणीतमा मात्रै राम्रो गरेपछि अरु विषय राम्रै भएकोले टप गर्न सफल भएँ ।’

२०५२ सालमा महेन्द्र मल्टिपल क्याम्पस नेपालगन्जबाट बीकम उत्तीर्ण भए । त्यसपछि २०५३ मा काठमाडौंकाे शंकरदेव क्याम्पसमा २०५३ मा एमबीए भर्ना भए । २०५६ मा एमबीए उत्तीर्ण गरे ।

मिडियाबाट सुरु भएको करिअर बैकिङ हुँदै बीमाको ब्रान्डिङसम्म
कलेज अध्ययन पूरा गरेपछि सन् २००० मेदेखि ६ महिनासम्म उनले बाल पत्रिका ‘योङ हेराल्ड’ अंग्रेजी पत्रिकाको मार्केटिङ, सर्कुलेसन लगायतको काम गरे । त्यसपछि सन् २००१ देखि २००४ सम्म नेपाल टोबाको (गोर्खा लहरी) मा काम गरे । मार्केटिङ कम्युनिकेशन अफिसर पदमा काम गरेका मेघेन्द्रले कैलाश चियाको मार्केटिङ गरे ।

मार्केटमा भिजिविलिटी बढाउन भर्खरै सुरु भएको डिपार्टमेन्टल स्टोरको गेटबाहिर बसेर त्यहाँ आउने ग्राहकलाई कैलाश चिया पकाउँदै खुवाउने अभियान सुरु गरे । एक महिनासम्म यो ब्रान्डिङ अभियान  सञ्चालन गरेपछि ग्राहकले कैलास चिया रोज्न थाले । डिपार्टमेन्टलबाट मासिनले कैलाश चिया किन्न थाले । मुना चियाकै हाराहारीमा कैलाश चियाको बिक्री हुन थाल्यो । एमबीए गरेका ४ जनाले काम सुरु गरेकोमा उनी गएको ठाउँकै सेल्स सबैभन्दा राम्रो हुन्थ्यो । नेपाली, हिन्दी, भोजपुरी, अवधि, थारु सबै भाषा जानेकोले पनि ब्रान्डिङमा सजिलो भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रोफाइल डकुमेन्ट्री, ‘थुप्रै योजना उच्च बोनश दर, नेपाल लाइफमा बीमित हुने सारा नेपालीको रहर’, ‘रोग लाग्नै नदिने प्रयत्न तपाईँको, केही भए उपचारमा साथ दिने बाचा हाम्रो’ जस्ता स्लोगनहरु सिर्जना गरे । त्यस्तै, ‘एनआइसी एसिया बैंकका लागि ‘हाम्रो समुन्नति राष्ट्रकै उन्नति, आजैदेखि बचत गरौं है साथी’ ट्यागलाइन उनकै सिर्जना हो ।

२००४ मार्चदेखि ५ महिना एसिएन पेन्टस् एरिया सेल्स म्यानेजरको रुपमा काम गरे । २००४ देखि २०१६ सम्म कान्तिपुर टेलिभिजनमा असिन्टेन्ट मार्केटिङ एन्ड कम्युनिकेशन म्यानेजरको रुपमा काम गरे । २०१२ देखि केही वर्ष लिबर्टी कलेज अनामनगरमा बीबीएमा इन्टिग्रेटेड मार्केटिङ कम्युनिकेशन विषय अध्यापन गराएका थिए । अक्टुबर २०१६ देखि एनआईसी एसिया बैंकमा डेढ वर्ष कर्पोरेट कम्युनिकेशन, ब्रान्डिङ एन्ड सीएसआर डेपुटी हेडको रुपमा काम गरे । २०१८ अक्टुबरदेखि नेपाल लाइफमा कर्पोरेट कम्युनिकेशन एन्ड ब्रान्डिङ हेडका रुपमा काम गरिरहेका छन् । उनकै नेतृत्वमा भएको ब्रान्डिङ तथा मार्केटिङका कारण नेपाल विज्ञापन संघबाट सन् २०१९ मा बेस्ट एडभरटाइजिङ क्याम्पेन शीर्षकको अवार्डबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पुरस्कृत भयो ।

उनले कैलाश चियाका लागि ‘मुड फ्रेस तुरुन्तै’ स्लोगन बनाएर ब्रान्डिङ गरे । त्यस्तै, चाचान ग्रुपको त्रिशक्ति सिमेन्टका लागि ‘पुस्तौं पुस्ताका लागि’, पशुपति पेन्टसका लागि ‘खुसीका रंगहरु..’, कान्तिपुर टेलिभिजनका लागि विभिन्न प्रोमोहरु बनाए । नेपाल लाइफ इन्स्योरेन्सको प्रोफाइल डकुमेन्ट्री, ‘थुप्रै योजना उच्च बोनश दर, नेपाल लाइफमा बीमित हुने सारा नेपालीको रहर’, ‘रोग लाग्नै नदिने प्रयत्न तपाईँको, केही भए उपचारमा साथ दिने बाचा हाम्रो’ जस्ता स्लोगनहरु सिर्जना गरे । त्यस्तै, ‘एनआइसी एसिया बैंकका लागि ‘हाम्रो समुन्नति राष्ट्रकै उन्नति, आजैदेखि बचत गरौं है साथी’ ट्यागलाइन उनकै सिर्जना हो ।

नेपालमा अझै पनि ब्रान्डिङको भूमिकालाई पर्याप्त महत्व दिने प्रचलन सुरु भइनसकेको बताउने मेघेन्द्र प्रत्येक पटक ब्रान्डिङमा नयाँ शैली र सिर्जना अपनाउनु पर्ने बताउँछन् । ब्रान्डिङमा अझ नवीन शैली अपनाउँदै उचाइमा पुर्याउने उनको लक्ष्य छ ।

7790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?