जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल टेलिकम र एनसेलका तिहार अफर

नेपाल टेलिकम र एनसेलका तिहार अफर

मुलुकका सञ्चालिन दुई दूरसञ्चार सेवा प्रदायकले चाड लक्षित विभिन्न अफर आफ्ना उपभोक्तालाई दिँदै आएका छन् । तिहारको चार दिन विदा शुरु भएसँगै नेपाल टेलिकम र एनसेलले विभिन्न अफर ल्याएका छन् ।

नेपाल टेलिकमले २ सय ९४ रुपैयामा २० जिबी डेटा १० दिनको लागि अफर ल्याएको छ । त्यस्तै, तीन दिन बिदाको लागि मात्र प्याकेज लिन्छु भन्नेका लागि पनि टेलिकमले अफर उपलब्ध गराएको छ । ३ दिनका लागि ६ जिबी डेटा ९८ रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै १ एबीपिएस अनलिमिटेड ६९ रुपयाँमा २४ घण्टालाई उपब्ध गराएको छ ।

यी प्याकेजको लागि स्टार १४१५ स्टार ११ ह्यास डायल गरेर लिन सकिन्छ ।

अर्को मोबाइल सेवा प्रदायक एनसेलले पनि चाडपर्वलाई भने विभिन्न प्याकेज उपलब्ध गराएको छ । चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी १ रुपैयाँ बनाएको छ । र, यसका साथै ग्राहकले अब ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डेटा पाउन सक्नेछन् ।

यो योजनासँगै एनसेलका ग्राहकले कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । 

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । ५० देखि ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोल्युम प्राप्त गर्नेछन् ।

त्यस्तैगरी रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसीमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोल्युम प्राप्त गर्नेछन् ।

1825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका