जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ११ बैंकको सिसिडि रेशियो ८० प्रतिशत माथि !

११ बैंकको सिसिडि रेशियो ८० प्रतिशत माथि !

जेठ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बराबर देखिएको छ। नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले ३५ अर्ब निक्षेप संकलन गरी ३५ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेका छन्।

बैशाख अन्तिम सम्ममा ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले जेठ अन्तिमसम्ममा ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। बैंकहरुको निक्षेप संकलन पनि ३९ खर्ब ५५ अर्ब रुपैयाँबाट बढेर ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

बैंकर्स संघको तथ्यांंक अनुसार जेठ महिनामा नविल बैंकले सबैभन्दा धेरै कर्जा लगानी गरेको छ। उक्त बैंकले एक महिनामा ४ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको हो।

चारवटा बैंकको भने जेठ महिनामा कर्जा लगानी घटेको छ। लक्ष्मी बैंकको ७९ करोड रुपैयाँले कर्जा लगानी घटेको छ भने नेपाल बंलादेश बैंकको ४५ करोड,एनआइसी एशिया बैंकको १५ करोड र प्रभु बैंकको १३ करोड रुपैयाँले कर्जा लगानी घटेको देखिन्छ।

यस्तै जेठ महिनामा ६ वटा वाणिज्य बैंकको निक्षेप संकलन घटेको छ भने २१ बैंकको निक्षेप संकलन बढेको छ।

निक्षेप संकलनमा नविल बैंक सबैभन्दा अगाडि देखिएको छ उसले जेठ महिनामा मात्रै ५ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। यस्तै कृषि विकास बैंकले पनि निक्षेप संकलन ४ अर्ब २४ करोड रुपैयाँले बढाएको छ।

जेठ अन्तिमसम्ममा ११ वटा बैंकको सिसिडि रेशियो ८० प्रतिशतभन्दा माथि पुगेका छन्। जेठ अन्तिमसम्म्मा एनआइसि एशिया बैंकको सिसिडि रेशियो सबैभन्दा धेरै ८३.९७ प्रतिशत पुगेको छ भने सानिमा बैंकको पनि ८३.४५ प्रतिशत, मेगा बैंकको ८३.३१ प्रतिशत र माछापुछ्रे बैंकको पनि ८३.१९ प्रतिशत पुगेको छ।

7395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका