जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने  !!

फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने  !!

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले पोडकास्ट अप्सन थपेको छ। छोटो समयमै प्रयोगकर्ता र सेयर मूल्यांकन वृद्धि गरेको अडियो एप ‘क्लब हाउस’ र ट्वीटरको ‘स्पेस’ लाई टक्कर दिनेगरी फेसबुकले अडियो सुविधा ल्याउने भएको हो।

अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन्। फेसबुकमा यो सेवा आगामी मंगलबारदेखि सुरु हुने जनाइएको छ। यसअघि फेसबुकको म्यासेन्जरमा अडियो/भिडियो च्याट रुम छन्। तर प्रयोगकर्ताहरुले अडियो ट्वीटर र क्लबहाउसका सुविधामा रुचि देखाइरहेका छन्।    फेसबुक कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विशेषताका बारेमा परीक्षण गरिएको थियो। परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पूरै तयारीका साथ जोड्न थालिएको हो।

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ।
अडियो सेवाका बारेमा इमेलमार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् ।

फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ।  कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने भएको छ।

8420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका