जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकले १३ करोड २९ लाख नाफा गर्यो

गरिमा विकास बैंकले १३ करोड २९ लाख नाफा गर्यो

गरिमा विकास बैंकको खूद नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा १४ करोड २५ लाख रहेको खूद नाफा घटेर १३ करोड २९ लाख मात्रै कमाएको छ ।

अघिल्लो वर्ष २६ करोड ३४ लाख रहेको सञ्चालन मुनाफा भने बढेर २७ करोड ६१ लाखको उचाईमा पुगेको छ  । समीक्षा अवधिमा बैंकले ७९ करोड ६२ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको यस्तो आम्दानी ५६ करोड ४१ लाख रुपैयाँमा सीमित थियो ।

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी २०.०७ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष १६.८४ रुपैयाँमा आइपुगेको छ ।  बैंकको खराब कर्जा अघिल्लो वर्ष १.४ प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा १.७१ प्रतिशत पुगेको छ  ।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका