जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सेयरबजारमा एकैदिन ७१.०६ अंकको गिरावट, लगानीकर्ताको आकर्षण ऋणपत्रमा !

सेयरबजारमा एकैदिन ७१.०६ अंकको गिरावट, लगानीकर्ताको आकर्षण ऋणपत्रमा !

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा सीमित भएको छ । साेमबार २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ कायम भएको छ ।

यो दिन २०० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा १८ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स ५.१८ प्रतिशत, जलविद्युत् ५.२ प्रतिशत, विकास बैंक ४.६ प्रतिशत, होटल तथा पर्यटन समूह ४.५१ प्रतिशतले घटेको छ ।

अधिकांश कम्पनीको सेयर मूल्य घट्दा पनि नारायणी विकास बैंकको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । १ः१ अनुपातमा हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएकाले लगानीकर्ता उक्त बैंकको सेयरमा आकर्षित भएका हुन् ।

त्यसैगरी हालै हकप्रद जारी गर्नका लागि बुक क्लोज गरेको एचआइडीसीएलको सेयर मूल्य पनि ४.३३ प्रतिशतले बढेको छ । त्यसैगरी नेपाल टेलिकम, बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि वृद्धि देखिएको छ ।

त्यसैगरी पोखरा फाइनानस, युनिर्भसल पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र प्रोग्रेसिभ फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, जोशी हाइड्रोपावरलगायतका कम्पनीले गुमाएका छन् ।

धितोपत्र बोर्डले गएको मङ्गलवार जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै धितोपत्र बजार ओरालो लाग्न थालेको हो । बोर्डले सूचना प्रकाशित गरेको दिनदेखि यता नेप्से परिसूचक झन्डै दुई सय अङ्कले घटेको छ ।

ऋणपत्रमा आकर्षण

साेमबार सेयर बजार घटेको बजारमा लगानीकर्ताहरु ऋणपत्रमा आकर्षण देखिएको छ । यस दिन शेयरमूल्य बढेका १८ कम्पनीहरुमध्ये अधिकांश डिबेन्चर रहेका छन्।

आर्थिक वर्षको अन्त्यमा ब्याज पाइने भएकोले अहिले बजारमा ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरु बताउँछन्। ऋणपत्रमा प्रायजसो कम्पनीहरुले अर्थवार्षिक रुपमा ब्याजदर प्रदान गर्ने गर्दछन्।

ऋणपत्र भनेको के हो ? ऋणपत्रमा कसरी लगानी गर्ने ?

कुल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि विभाजन गरिएको एकाईहरु नैं ऋणपत्र हो । कुनै पनि कम्पनीले ऋणमा लगानी गर्नका लागि आधिकारीक रुपमा तयार पारेको लिखित पत्र जसमा ऋणको रकम, ब्याजदर र भुक्तानी प्रकृया, धितो राखिएको नराखिएको अवस्थाका विषय पा शर्तहरु उल्लेख गरिएको हुन्छ । यसमा लगानीकर्ताले तोकिएको ब्याज तोकिएको समयमा पाउँछन् ।

कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा ब्याज र साँवा पाउन नसकेमा कम्पनी खारेजीमा पठाउनका लागि समेत कारबाही चलाउन सक्छन् । त्यसैले जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्र लगानीको उत्तम विकल्प मान्न सकिन्छ ।

पछिल्लो समय नेपालमा बाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गर्ने क्रम बढेको छ । नेपालका बैंकहरुले १० वर्षे अवधि सम्मका लागि ऋणपत्र विक्री गरेका छन् । अर्धवार्षिक र बार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरि ऋणपत्र जारी गरेको पाईन्छ । ऋणपत्रबाट उठाएको रकम लगानी गरेपनि नगरेपनि दिने भनिएको ब्याज भुक्तानी गर्ने निश्चिन्त गरिएको हुन्छ । त्यसैले पनि कतिपय लगानीकर्ताले सुरक्षित लगानीका लागि ऋणपत्रका इकाइहरु खरिद गर्दछन् ।

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले तोकिएको समयमा तोकिएको ब्याज भुक्तानी पाउने भएकाले बैंक निक्षेपमा भइरहने ब्याजदर परिवर्तनको जोखिमबाट लगानीकर्ता मुक्त हुन्छन् । त्यसैले पनि लगानीकर्ताले ऋणपत्रमा लगानी गरेको देखिन्छ ।

बैंकहरुले लगानीयोग्य रकमको अभाव हुने समस्या झेलिरहेका बेला ऋणपत्रमार्फत रकम उठाएर लगानी गर्न चाहेको देखिन्छ । पछिल्लो समय केही बैंकहरुले १० प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गरेको देखिन्छ । ब्याज समेत राम्रो पाउने भएपछि लगानीकर्ताका लागि सुरक्षित लगानी गर्ने राम्रो औजारका रुपमा ऋणपत्रलाई लिन सकिन्छ ।

ऋणपत्रमा लगानी गर्दा हुने फाइदा
बैंकले जारी गरेको ऋणपत्रमा सेयरधनीलाई लाभांश वितरण गर्नुअघि नै ब्याज दिनुपर्छ । नोक्सानीमा गएको अवस्थामा समेत ऋणपत्रधनीलाई अनिवार्य ब्याज भुक्तानी गर्नुपर्छ ।

ऋणपत्र धितोपत्र बजारमा समेत सुचिकृत हुने भएकाले सजिलै खरिद विक्री गर्न सकिन्छ । त्यस्तै धितो राखेर समेत ऋण लिन सकिने भएकाले लगानीकर्ताले दिर्घकालीन फाइदा लिन सक्छन् ।

कतिपय ऋणपत्र समयअवधि सकिएपछि साँवा र ब्याज भुक्तानी हुने प्रकृतिका हुन्छन भने कतिपय सेयरमा परिणत हुने खालका हुन्छन् । त्यसैले लगानीकर्ताले दिर्घकालीन फाइदा लिनका लागि ऋणपत्रको प्रकृति हेरेर लगानी गर्न सक्छन् ।

वार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि ऋणपत्र लगानीको उत्तम विकल्प हो ।

7385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका