जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा जेठ ११ गते, प्रस्ताव के के छन् ?

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा जेठ ११ गते, प्रस्ताव के के छन् ?

यसै बर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले जे ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा विहान १०:३० बजे सभा बोलाईएको हो । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालन निर्वाचन गर्ने हुदाँ भौतिक उपस्थितिमै सभा गर्न लागेको छ ।

भर्चुअल माध्यमबाट सभामा भाग लिन चाहने सम्बन्धित सदस्यहरुलाई भिडियो कन्फ्रेन्समार्फत सभाभा सहभागी हुने व्यवस्था मिलाउँने कम्पनीले जानकारी दिएको छ । सञ्चालक निर्वाचनसँगै गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।

यस कम्पनीले गत असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी असोज ३० गते बाँडफाँट गरेको थियो । कात्तिक १८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार कात्तिक १९ गतेदेखि भएको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब कायम भएको छ । यस कम्पनीमा संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू. ३० करोड बराबरको शेयर स्वामित्व रहेको छ ।

 

7205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका