मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले अषाढ ६ गते, आइतबार संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्त पूँजीको ३२.११ प्रतिशत सेयर निष्कासनको लागी अनुमति माग्दै गत बर्ष फाल्गुन १४ गते, शुक्रबार धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
बोर्डले अनुमति दिएसँगै अब संस्थाले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्नेछ ।