जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा ८० सालको बैंक विदाको सूची सार्वजनिक, शनिवार बाहेक ३४ दिन विदा कायम

राष्ट्र बैंकद्वारा ८० सालको बैंक विदाको सूची सार्वजनिक, शनिवार बाहेक ३४ दिन विदा कायम

नेपाल राष्ट्र बैंकले २०८० सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । राष्ट बैंकको जनशक्ति विभागले २०८० सालमा हुने बैंकविदाको सुची सार्वजनिक गरेको हो ।

जसअनुसार बैंकले शनिवार बाहेक ३५ दिन विदा कायम गरेको छ । नेपाल सरकारले २०८० सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० वजेसम्म कार्यालय समय कायम हुने छ। त्यस्तै २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म विहान १०:०० वजेदेखि अपरान्ह ४:०० वजेसम्म कार्यालय समय कायम गरिएको छ । प्रत्येक शुक्रवार विहान १०:०० वजेदेखि अपरान्ह १:३० वजेसम्म कार्यालय समय कायम गरिएको छ ।

बैंकिङ कारोबार समय भने २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० वजेसम्म कायम गरिएको छ। २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बैंकिङ कारोबार समय विहान १०:०० वजेदेखि अपरान्ह ३:०० वजेसम्म कायम गरिएको छ ।

प्रदेश सरकारले आ-आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । काठमाडौँ उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ  ।

1625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?