जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल वृद्धि गरिएको हो : अर्थमन्त्री

भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल वृद्धि गरिएको हो : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालभन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारततर्फ हुने चोरीनिकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन्।

बजेटमा उठेका प्रश्नको सोमबार संसद्मा जबाफ दिँदै अर्थमन्त्री महतले सुनको भन्सार दर विगतदेखि नै भारतमा लाग्ने महसुल दरअनुरुप समायोजन गर्ने गरिएकोमा चालु आर्थिक वर्षको बजेटले भारतमा दर वृद्धि गरेको भए पनि नेपालमा समायोजन नभएको कारण ठूलो भिन्नता रहेको बताए। ‘त्यसलाई कम गर्न महसुल समायोजन गरिएको हो’, उनले भने।

भारतमा मूल्यगत आधारमा महसुल लागि सबै कर गरेर १८.९६५ प्रतिशत भएको तर नेपालमा प्रति १० ग्राम ८ हजार ५०० रुपैयाँ मात्र रहेको महतले बताए। ‘परिमाणका आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उताव–चढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा  मुल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ’, उनले भने।

650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका