जोडिनुहोस
सोमवार, अशोज ४, २०७८
सोमवार, अशोज ४, २०७८
  • होमपेज
  • अभिकर्ताहरुको दाबी तथ्यपरक छैन, उहाँहरु गरिबहरुको घरमा पुग्नु भएको छैन, धनीहरुलाई मात्रै बीमा पोलिसी बेचर बीमाको दायरा बढ्दैन

अभिकर्ताहरुको दाबी तथ्यपरक छैन, उहाँहरु गरिबहरुको घरमा पुग्नु भएको छैन, धनीहरुलाई मात्रै बीमा पोलिसी बेचर बीमाको दायरा बढ्दैन

नेपाल सरकारले पूर्व प्रशासक सूर्य प्रसाद सिलवाललाई बीमा समितिको अध्यक्षमा नियुक्ति गरेसंगै बीमा समितिले दर्जनौ निर्देशन जारी गर्दै बीमा बजारमा देखिएका बिसंगती र बिकृतीलाई नियन्त्रण गर्ने जमर्को गरेको छ भन्दा अब चाहि फरक पर्दैन । सबै जीवन बीमा, निजीवन बीमा र २ वटा पुर्नबीमा कम्पनीहरुलाई नियमन र कानुन अनुसार अगाडी बढ्न निर्देशन नै जारी गरेका छन् । कसैले कानुन भन्दा माथी उठेर काम गरे उसले कारवाही भोग्नु पर्ने अध्यक्ष सिलवालले बताउनु भएको छ । पूर्व प्रशासक सिलवाल बीमा समितिको अध्यक्ष भएर आएपछि केही दिन अगाडी मात्रै १ वटा पुर्नबीमा कम्पनीले लाईसेन्स पाएको छ । फेरि अरु केही जीवन र निजीवन बीमा कम्पनीहरुले पनि लाईसेन्स पाउने हल्ला बजारमा आएको छ, बीमा कम्पनीका अभिकर्ताहरुका माग पनि बढेर गएको देखिन्छ । साथै बीमा कम्पनीहरुको पूँजी बृद्धि र मर्जरको बारेमा केन्द्रित रहेर सम्पादक भूपेन्द्र आचार्यले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसंग गरेको कुराकानीः

० हाल मात्रै बीमा समितिले एउटा पूर्नबीमा कम्पनीलाई संचालनको अनुमती (लाईसेन्स) दिएको छ । यससंगै केही जीवन र निजीवन बीमा कम्पनीहरुको पनि लाईसेन्स दिने कुरा सञ्चार माध्याममा आएको छ । यसलाई बीमा समितिले कसरी लिएको छ अध्यक्षज्यू ?
बजारको आवश्यकता बीमा बजारलाई व्यवस्थीत गर्न र विदेशीएको पैसालाई नेपालमै राख्न एउटा पूर्नबीमा कम्पनीलाई संचालन अनुमती दिएको चाहि सहि हो । तर, केही जीवन र निजीवन बीमा कम्पनीहरुलाई लाईसेन्स दिनेकुरा चाहि चर्चा मात्रै हो । दिने निर्णय भएको छैन । केही आवेदन आएका चाहि छन् । तर, समाचारमा आएका जस्तो लाईसेन्स दिने कुरामा सत्यता छैन । बजारले आवश्यकता ठाने जीवन र निजीवन बीमा कम्पनीहरुको पूँजी बृद्धिको कुरा पनि छ नि ।

० त्यसोभए बजारमा आएको चर्चामा सत्यता छैन त ?
छैन, पूँजी बृद्धिको कुरा उठेको चाहि सत्य हो । तर, लाईसेन्स दिने कुरा चाहि होइन । नियम कानुन अनुसार बीमा समिति अगाडी बढ्ने हो नि ।

० जीवन र निजीवन बीमा कम्पनीहरु बीच मर्जर गरेर पूँजी बृद्धि गर्ने कुरा हो र ?
त्यसमा के छ भने कानुनले के भन्दछ । त्यस अनुसार नै चल्ने हो । यस बारेमा अहिले केही भएके छैन । तर, बीमा बजार हेरेर बीमा समिति अगाडी बढ्ने चाहि पक्का छ नि ।

सबैले आ–आफ्नो काम गर्ने हो । हामी बाहेक अरु आउन पाउदैन भन्नु कानुन विपरित काम हो । यो भन्न पाइदैन । बीमा बजारलाई बढाउन, दुरदराज र गाउँगाउँमा पु¥याउन र बीमा लाई चिनाउन पनि अभिकर्ताहरु बढाउनु पर्ने हुन्छ । अर्को कुरा के छ भने बीमा समितिले अधिकर्ताहरुको कमिशन, बोनस लगायतका कुनै सेवा सुविधालाई छोएका छैन । के बीमा बजार बढाउन अभिकर्ता बढाउनु आजको आवश्यकता होइन र होइन भने बीमा बजारको २०÷२५ प्रतिशत हामी नै गर्दछौं भनेर अभिकर्ताहरुको संघ आउनु प¥यो नि ।

० नयाँ जीवन र निजीवन बीमा कम्पनीको लाइसेन्स नदिने भन्नु भयो तर, दर्ता चाहि भइरहेको देखिन्छ नि कारण के हो ?
४/५ वटा दर्ता गर्न आएका छन् । यो सत्य हो । दर्ता भइरहेका छन् । पहिला देखि नै दर्ता थियो । अहिले पनि दर्ता गर्न आएको अवस्था छ नि । तर, निर्णय बीमा समितिले नै गर्ने हो गरेका छैनौ नि ।

० बीमा कम्पनीका लाखौ अभिकर्ताहरुको कर्जाको कुरा कहाँ पुग्यो ?
बीमा समितिले असार मसान्त भित्र कर्जा उठाउन बीमा कम्पनीहरुलाई निर्देशन नै दिएको अवस्था थियो । तर, कोरोना कहर बीच केही समय दिनु पर्ने अवस्थाका आयो र हामी दबाब नदिन बीमा कम्पनीहरुलाई निर्देशन नै दिएका छौं । तर, कर्जा उठाउनु पर्छ । कर्जा लिएर बीमा गर्ने र सरेन्डर गर्न पाउनु पर्ने माग गर्नु राम्रो पक्ष होइन । त्यसले बीमा बजारलाई कहाँ पु¥याउने हो । त्यसतर्फ सोच्नु जरुरी छ नि होइन र ?

बीमा बजारलाई बढाउन, दुरदराज र गाउँगाउँमा पु¥याउन र बीमा लाई चिनाउन पनि अभिकर्ताहरु बढाउनु पर्ने हुन्छ । अर्को कुरा के छ भने बीमा समितिले अधिकर्ताहरुको कमिशन, बोनस लगायतका कुनै सेवा सुविधालाई छोएका छैन । के बीमा बजार बढाउन अभिकर्ता बढाउनु आजको आवश्यकता होइन र होइन भने बीमा बजारको २०÷२५ प्रतिशत हामी नै गर्दछौं भनेर अभिकर्ताहरुको संघ आउनु प¥यो नि ।

० हालै बीमा समितिले सेवा प्रदायक कम्पनीहरुलाई अभिकर्ताको लाइसेन्स दिएको बारे अभिकर्ता संघले त आन्दोलन नै गर्ने चेतावनी दिएको देखिन्छ नि यसलाई चाहि कसरी लिनु भएको छ त ?
सबैले गरिखान पाउनु पर्दछ । यस निर्णयले आम अभिकर्ता साथीहरुलाई घाटा छैन । सबैले आ–आफ्नो काम गर्ने हो । हामी बाहेक अरु आउन पाउदैन भन्नु कानुन विपरित काम हो । यो भन्न पाइदैन । बीमा बजारलाई बढाउन, दुरदराज र गाउँगाउँमा पु¥याउन र बीमा लाई चिनाउन पनि अभिकर्ताहरु बढाउनु पर्ने हुन्छ । अर्को कुरा के छ भने बीमा समितिले अधिकर्ताहरुको कमिशन, बोनस लगायतका कुनै सेवा सुविधालाई छोएका छैन । के बीमा बजार बढाउन अभिकर्ता बढाउनु आजको आवश्यकता होइन र होइन भने बीमा बजारको २०÷२५ प्रतिशत हामी नै गर्दछौं भनेर अभिकर्ताहरुको संघ आउनु प¥यो नि ।

हामीले अहिले करिब करिब ३० प्रतिशत जनसङ्ख्यामा मात्रै बीमाको पहुँच पुर्याएका छौँ । यस्तै कुरा गर्ने हो भने कहिले पनि थप ७० प्रतिशतमा बीमाको पहुँच पुर्याउन सकिँदैन नि । देशको ग्रामीण क्षेत्र बीमाको पहुँचबाट भन्दा निकै पर रहेको छ । त्यहाँ अभिकर्ताहरु नपुगेको प्रस्टै छ नि । कोही त गाउँ जानु पर्यो ? कुनै अभिकर्ता गाउँ जाँदैनन् ।’

० अभिकर्ताहरुका माग चाहि के हुन त, अध्यक्षज्यू ?
अभिकर्ताहरुले जुन कम्पनीमा काम गरिरहेका छन् जे जति कमिसन खाइरहेका छन् त्यसमा हामीले जारी गरेको निर्देशिकाले केही असर गर्दैन । यी सबै नचाहिने कुरा हुन् । हामीले अहिले करिब करिब ३० प्रतिशत जनसङ्ख्यामा मात्रै बीमाको पहुँच पुर्याएका छौँ । यस्तै कुरा गर्ने हो भने कहिले पनि थप ७० प्रतिशतमा बीमाको पहुँच पुर्याउन सकिँदैन नि । देशको ग्रामीण क्षेत्र बीमाको पहुँचबाट भन्दा निकै पर रहेको छ । त्यहाँ अभिकर्ताहरु नपुगेको प्रस्टै छ नि । कोही त गाउँ जानु पर्यो ? कुनै अभिकर्ता गाउँ जाँदैनन् ।’

हाल माइक्रोइन्स्योरेन्सहरु सञ्चालनमा रहिरहेको हुनाले अभिकर्ताहरुको दाबी तथ्यपरक छैन । उहाँहरू गरिबकामा पुग्नु हुन्न । धनीहरूलाई मात्रै बीमा पोलिसि बेचेर बीमाको दायरा बढ्दैन नि । यसले गर्दा नै यस प्रकारको नयाँ व्यवस्था आवश्यक परेको हो । अर्को कुरा के छ भने अभिकर्ताहरुलेसमेत कुनै संस्था निर्माण गरेर त्यसमार्फत बीमा पोलिसीहरु बिक्री गर्न पाउँछन् । अभिकर्ताहरुले कुरै नबुझी यसको विरोध गरिरहेको समेत मैले पाएको छु ।

० बैंक र वित्तिय संस्थहरुलाई पनि अभिकर्ताहरुको लाइसेन्स दिने कुरा फेरि आएको हो त अध्यक्षज्यू ?
बैंकहरुलाई इन्स्योरेन्स गराउन दिने की नदिने भन्ने विषय बीमा समितिको नभएर राष्ट्र बैंकको हो । अहिलेलाई भने भुक्तानी प्रदायक संस्थाहरूलाई परिचालन गरेर बीमाको दायरा बढाउने बाहेक नयाँ निर्देशिकाको कुनै अरू उद्देश्य रहेको छैन नि ।

हाल माइक्रोइन्स्योरेन्सहरु सञ्चालनमा रहिरहेको हुनाले अभिकर्ताहरुको दाबी तथ्यपरक छैन । उहाँहरू गरिबकामा पुग्नु हुन्न । धनीहरूलाई मात्रै बीमा पोलिसि बेचेर बीमाको दायरा बढ्दैन नि । यसले गर्दा नै यस प्रकारको नयाँ व्यवस्था आवश्यक परेको हो । अर्को कुरा के छ भने अभिकर्ताहरुलेसमेत कुनै संस्था निर्माण गरेर त्यसमार्फत बीमा पोलिसीहरु बिक्री गर्न पाउँछन् ।

० हालै लाईसेन्स पाएको पुर्नबीमा कम्पनी कहिलेसम्म संचालनमा आउने हो अध्यक्षज्यू ?
७ अर्ब चुक्ता पुँजी पु¥याउनु पर्ने कुरा पनि छ । ३० प्रतिशत साधारण शेयर जनतामा पछि पठाउनु पर्ने कुरा पनि होला । निकट भविष्यमा त संचालनमा आउनु प¥यो नि । सबै प्रक्रिया पु¥याएर संचालन गर्ने भनेका छौ नि ।

० नेपालका बीमा कम्पनीहरुले २० प्रतिशत बीमकहरुको पैसा नेपालकै पुर्नबीमा कम्पनीमा राख्नु पर्ने बाध्यकारी व्यवस्था पनि छ नि होइन र ?
यो सरकारले गरेको कुरा हो । पैसा विदेश पलायन हुनु भएन नि । २० प्रतिशत राख्नु पर्ने अहिलेको कुरा हो । त्यस बारेमा पनि छलफल गर्ने सकिने छ । अब दुई वटा पुर्न बीमा कम्पनी नेपालमा छन् जोखिम बहन गर्न हामी नै सक्षम भए पैसा विदेश जाने क्रम रोक्नु पर्छ ।

बीमाको बजारको कुरा गर्दा यसको अपार सम्भावना रहेको क्षेत्र हो । बीमाभित्र सबै कुरा पर्छन् । वास्तवमा बीमाको क्षेत्रभन्दा बाहिर कुनै चिज पनि छैन भन्दा फरक पर्दैन । हामीले अहिले सहर केन्द्रित विशेषगरि काठमाडौंमा मात्रै बीमा गरेका छौं । बीमाको बजार भनेको काठमाडौं मात्रै होइन ।

० सबै नेपालकै पूर्नबीमा कम्पनीमा जोखिम बहन गर्ने रकम राख्नु प¥यो भन्न खोज्नु भएको हो ?
आवश्यकता अनुसार गर्ने हो नि पैसा विदेश पलायन हुनु राम्रो पक्ष पक्कै होइन । यस बारेमा छलफल गरेर कुरा अगाडी बढाउनु पर्ने आवश्यकता चाहि बढेको पक्कै छ ।

० बीमाको क्षेत्रमा पूर्वाधार, बजार, क्षमता र विज्ञता कस्तो देख्नु भएको छ अध्यक्षज्यू ?
बीमाको बजारको कुरा गर्दा यसको अपार सम्भावना रहेको क्षेत्र हो । बीमाभित्र सबै कुरा पर्छन् । वास्तवमा बीमाको क्षेत्रभन्दा बाहिर कुनै चिज पनि छैन भन्दा फरक पर्दैन । हामीले अहिले सहर केन्द्रित विशेषगरि काठमाडौंमा मात्रै बीमा गरेका छौं । बीमाको बजार भनेको काठमाडौं मात्रै होइन ।

बीमालाई काठमाडौंभन्दा बाहिर गाउँ–गाउँसम्म पुर्याउँदा यसको क्षेत्र फराकिलो हुन्छ । बीमा भनेको सबै कुरासँग जोडिएको हुन्छ । बीमा भनेको व्यक्तिको स्वास्थ्य, सम्पत्ती, व्यक्तित्व र शिक्षालगायतका विषयसँग जोडिएको हुन्छ । बीमालाई व्यापक बनाउदा यसले आर्थिक क्षेत्रलाई चलायनमान बनाउन जरुरी छ नि ।

० नेपालमा बीमाको इतिहास लामो भए पनि बीमा क्षेत्र भने खासै अघि बढ्न सकेको देखिन्न । आम नागरिक बीमाप्रति आकर्षित र विश्वस्त हुन सकिरहेका छैनन् । बीमाप्रति आम नागरिकको विश्वास बढाउन के गर्दै हुनुहुन्छ त ?
बीमा क्षेत्र वामे सर्दै गरेको अवस्थामै त छैन । कुल जनसंख्याको २५ प्रतिशत बीमा क्षेत्रमा समाहित भइसकेको छ । तर, बीमा क्षेत्रको सुरुवात भएको लामो समय हुँदा पनि मुलुकका सबै नागरिकमा पुग्न नसकेको कुरा जायज हो । बैंक जसरी सबै नागरिकको पहुँचमा पुग्यो, बीमा पुग्न सकेको छैन ।

बीमाको सुरुवात भएको यति लामो समय भइसक्दा हामी धेरै नागरिकमा पुग्नुपर्ने हो । तर, त्यसो भएन । हामीले पुग्नुपर्छ भन्ने कुरा गरिरहयौँ । तर, पुग्ने कसरी भन्ने कुरै गरनौं । हामीमा मैले कम्पनी खडा गरेको छु, मान्छेले खुरुखुरु आएर बीमाको सेवा लिन्छ भन्ने मान्यता रहयो । त्यस कारण अहिले हामी बीमा कम्पनीलाई ग्राहक तपाईकोमा आउने हैन, ग्राहककोमा तपाई जाने हो भनिरहेका छौं । बीमाको प्रीमीयम तिर्न सक्दैन । त्यसलाई पालिकाले कसरी व्यवस्थापन गर्ने भन्ने एउटा पाटो छ ।

बैंक र बीमा फरक हो । बैंकमा आफुसँग भएको बचत निश्चित समयका लागि राख्नुहुन्छ । तर, बीमा भनेको दीर्घकालीन हुन्छ । मानौं म ४० वर्षको भए र २० वर्षको बीमा गर्छु भने म ६० वर्ष भएपछि भुक्तानी पाउने हो । म ६० वर्ष पुग्दा मैले गरेको स–सानो बचतबाट मैले यति रकम पाउँछु भन्ने म पक्का–पक्की हुन्छु । यति पैसा मेरो बीमाबाट आएर मेरै जीवन यापनमा अथवा सन्तानको शिक्षा दिक्षामा यसरी भरथेग हुनसक्छ भन्ने विश्वास बीमाले दिलाउँछ । जहाँसम्म नागरिकमा विश्वास नभएको कुरा गर्नुभयो । कतिपय अवस्थामा एउटा सिंगो सफा पोखरीमा एउटा मात्रै फोहोर अथवा मरेको माछा राख्यो भने पोखरी नै दुर्गन्धित हुन्छ ।

कतिपयको गतिविधि आत्मकेन्द्रित भयो । यो बजारमा म बाहेक कोही छैन । मैले जसरी पनि कारोबार गर्दा हुन्छ भन्ने मनस्थितिले यो विकृति देखिएको स्वभाविक हो । अहिले बीमा समितिले लिएको कदमले चाडै यस्ता गुनासाको अन्त्य गर्छ । मैले नेतृत्व दिएपछि धेरै सुधारका काम अघि बढेका छन् । फल दिन भने समय लाग्छ । चाडै यसको प्रतिफल प्राप्त हुन्छ, ।
बीमाको सुरुवात भएको यति लामो समय भइसक्दा हामी धेरै नागरिकमा पुग्नुपर्ने हो । तर, त्यसो भएन । हामीले पुग्नुपर्छ भन्ने कुरा गरिरहयौँ । तर, पुग्ने कसरी भन्ने कुरै गरनौं । हामीमा मैले कम्पनी खडा गरेको छु, मान्छेले खुरुखुरु आएर बीमाको सेवा लिन्छ भन्ने मान्यता रहयो । त्यस कारण अहिले हामी बीमा कम्पनीलाई ग्राहक तपाईकोमा आउने हैन, ग्राहककोमा तपाई जाने हो भनिरहेका छौं । बीमाको प्रीमीयम तिर्न सक्दैन । त्यसलाई पालिकाले कसरी व्यवस्थापन गर्ने भन्ने एउटा पाटो छ ।

अर्को मध्यम आय भएका नागरिक बस्छन् । उनीहरुको बचतलाई कसरी बीमामा तान्ने अर्को योजना बनाउनुपर्यो । धनी मान्छेलाई यति बचत गर्यो भने यति ‘रिर्टन’ आउँछ भनेर बुझायो भने बीमामा ल्याउन सक्छौं । बीमामा हामी अहिले जुन् २३–२४ प्रतिशत पहुँचको कुरा गर्दै छौं, त्यो मध्यम र धनी वर्ग हुन् ।

० यो सम्भव होला त ?
ग्राहक खोज्दै जाँदा शाखा, उप–शाखा र काउन्टर त खुलेका छन् । त्यो कार्यालयसम्म ग्राहकलाई खोजेर ल्याउने काम अभिकर्ताको हो । अभिकर्ताले जति बढी ग्राहक ल्याउँछ उसले त्यति बोनस र कमिशन पाउँछ । यो सबैलाई एकिकृत गरेर योजना बनाउनुपर्छ । ग्राहककहाँ अभिकर्तालाई कसरी पुर्याउने, उनीहरु कसरी ‘मोटीभेशन’ हुन्छन् योजना बनाउनुपर्यो । बीमाको अर्को पाटो भनेको नागरिकलाई बीमाबारे अवार्नेश गर्ने, अथवा शिक्षा दिने हो । रेडियो वा टेलिभिजनमा बीमा गरौँ भनेपछि, बीमा भयो भन्ठान्यौँ । त्यसरी हुँदैन नि ।

हाम्रोमा ७५३ स्थानीय सरकार छ । प्रत्येक व्यक्तिकोमा जान सकिँदैन भने पनि तालिका बनाएर पालिकासम्म पुग्न सक्छौँ । पालिकामा २–३ प्रकारका नागरिक बस्छन् । एउटा एकदमै गरिब, जोसँग केही पनि छैन । उसलाई सबैभन्दा बढी बीमाको खाँचो हुन्छ । तर, उसले बीमाको प्रीमीयम तिर्न सक्दैन । त्यसलाई पालिकाले कसरी व्यवस्थापन गर्ने भन्ने एउटा पाटो छ । अर्को मध्यम आय भएका नागरिक बस्छन् । उनीहरुको बचतलाई कसरी बीमामा तान्ने अर्को योजना बनाउनुपर्यो । धनी मान्छेलाई यति बचत गर्यो भने यति ‘रिर्टन’ आउँछ भनेर बुझायो भने बीमामा ल्याउन सक्छौं । बीमामा हामी अहिले जुन् २३–२४ प्रतिशत पहुँचको कुरा गर्दै छौं, त्यो मध्यम र धनी वर्ग हुन् ।

पैसा लगानी गरेर बीमा कम्पनी खडा गर्ने सेयरधनीलाई मुनाफा दिने पनि बीमा कम्पनीको दायित्व हो । बीमामा प्येयर, अभिकर्ता सर्भेयर, पुनःबीमाको हकमा दलाल कम्पनी आफै हुनसक्छ भने नियामकको रुपमा बीमा समिति छ । प्ले गर्नुपर्ने भुमिकामा ल्याउनुपर्ने भनेको पालिकालाई हो । पालिका भनेको जनप्रतिनिधिमूलक संस्था हो, उहाँहरुलाई कन्भेन्स गर्न सक्नुपर्छ ।

० बीमा के हो किन गर्ने त ?
यस्तै, हामीकहाँ बीमा भनेको जीवन र औषधि उपचार मात्रै हो भन्ने बुझाई छ । मानिससँग सम्बन्धित सबैको बीमा हुनसक्छ भन्ने बुझ्न जुरुरी छ । ग्रामीण भेगका विपन्न नागरिकका घरको पनि बीमा हुनसक्छ । ५० रुपैयाँ वर्षमा तिर्दा उसको झुपडीको बीमा हुनसक्छ । ५० रुपैयाँमा एउटा झुपडीको हैन त्यहाँ भएको १०० वटा घरको बीमा गर्दा ५ हजार आउँछ । पालिकाले अति विपन्न परिवारको लागि थोरै मात्रै बजेट विनियोजन गर्ने हो र अन्य नागरिकलाई पालिकाले सम्झाई बुझाई गर्ने हो भने बीमा आफै विस्तार हुन्छ । कुनै प्रकोपले घर भत्कियो, बगायो अथवा आगलागी भयो भने पालिकाले अनुदान दिनै पर्दैन बीमाबाट दावी पाउँछ नि । यो आम जनतामा बुझाउनु जरुरी छ ।

० स्थानीय जनप्रतिनिधिलाई अवार्नेश गराएर काम गरौं भन्नुभयो तर हामीकहाँ त बीमाकै कर्मचारी र अभिकर्ता नै अनुभवि छैनन्, भनिन्छ नि सत्य हो ?
बुझाई नै फरक भयो । बीमा कम्पनीको आफ्नो प्रचार–प्रसार र शिक्षा तलसम्म लैजाने र बीमितबाट आएको पैसा सुरक्षित राखेर उनीहरुलाई एस्योर्ड गर्ने बीमा कम्पनीको दायित्व हो ।
यस्तै यत्रो पैसा लगानी गरेर बीमा कम्पनी खडा गर्ने सेयरधनीलाई मुनाफा दिने पनि बीमा कम्पनीको दायित्व हो । बीमामा प्येयर, अभिकर्ता सर्भेयर, पुनःबीमाको हकमा दलाल कम्पनी आफै हुनसक्छ भने नियामकको रुपमा बीमा समिति छ । प्ले गर्नुपर्ने भुमिकामा ल्याउनुपर्ने भनेको पालिकालाई हो । पालिका भनेको जनप्रतिनिधिमूलक संस्था हो, उहाँहरुलाई कन्भेन्स गर्न सक्नुपर्छ ।

बीमा व्यवसायलाई विश्वसनीय बनाउन पनि संस्थागत सुशासन कायम गर्नुपर्छ । सुशासन छ, भने विश्वसनीयता, पारदर्शिता पनि बढ्छ । सुशासन नभए जे गर्दा पनि भयो । त्यसो गर्ने हो भने बीमा कम्पनी मात्रै भए हुन्छ, समिति किन चाहियो ? समिति छ, भने उसले नियमनको काम गर्छ । उहाँहरुले कानूनले दिएको अधिकार दुरुपयोग गर्न पाउनुहुन्न । एउटा बजारमा मात्रै बसेर काम गर्ने हो भने बदमासी हुन्छ ।

स्थानीय जनप्रतिनिधिलाई कन्भेन्स गर्न सकियो भने बीमामा भएका अवरोध हट्छन् । त्यसका लागि बीमा समितिले तयारी गरेको थियो । तर, कोभिडका कारण वातावरण बनेन । पालिका प्रमुखसँग कुरा गरेर हुँदैन । पूरै पालिका सदस्यहरुसँगै कुरा गर्नुपर्छ । अझै सकिन्छ भने पालिकाले १२ कक्षामा पढ्ने विद्यार्थी पनि ल्याउँदा राम्रो हुन्छ । बीमा के हो ? बीमाको फाइदा, र त्यसबाट भविष्य कसरी सुरक्षित हुन्छ ? कोबाट बीमा गर्ने ? भन्ने कुरा बुझाए न बीमा हुन्छ ।

० बीमा कम्पनीहरुमा अहिले पनि संस्थागत सुशासनको अभाव र विकृति देखिन्छ । नियमन र नियन्त्रणका योजना के छन् त अध्यक्षज्यू ?
विकृति नियन्त्रणका लागि कदम चालिसकेका छौँ । कतिपय विकृति नियन्त्रणमा पनि आइसक्यो । नतिजा हेर्न २–३ महिना कुर्नै पर्यो ।
बीमा व्यवसायलाई विश्वसनीय बनाउन पनि संस्थागत सुशासन कायम गर्नुपर्छ । सुशासन छ, भने विश्वसनीयता, पारदर्शिता पनि बढ्छ । सुशासन नभए जे गर्दा पनि भयो । त्यसो गर्ने हो भने बीमा कम्पनी मात्रै भए हुन्छ, समिति किन चाहियो ? समिति छ, भने उसले नियमनको काम गर्छ । उहाँहरुले कानूनले दिएको अधिकार दुरुपयोग गर्न पाउनुहुन्न । एउटा बजारमा मात्रै बसेर काम गर्ने हो भने बदमासी हुन्छ । तर त्यहाँबाट बाहिर निस्किएर धेरै मान्छेलाई पहुँचमा ल्याउनुहुन्छ भने नाफा पनि बढ्छ । विश्वसनीयता त त्यसै बढिहाल्छ । बीमा कम्पनीको प्रयास त्यो हुनुपर्छ । (नोटः आर्थिक बजार मासिकको वर्ष ९ अंक १२ बाट साभार गरिएकोः सम्पादक)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका