जोडिनुहोस
शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • सरकारलाई कर र बैंकलाई ऋण उठाउने दबाब, सार्वजनिक बिदाका दिन पनि बैंकका शाखा खुले

सरकारलाई कर र बैंकलाई ऋण उठाउने दबाब, सार्वजनिक बिदाका दिन पनि बैंकका शाखा खुले

चालु आर्थिक वर्षको आयकरको कुल रकममध्ये ४० प्रतिशत पुस मसान्तभित्र सरकारलाई बुझाउनु पर्ने हुन्छ।

सरकारको कोष बलियो हुने समयका रुपमा पुस मसान्तलाई लिइन्छ। त्यसैले सार्वजनिक बिदाका दिनसमेत कर भुक्तानीमा समस्या नहोस् भनेर शुक्रबार (आज) पनि बैंकहरु खुला राखिएको छ।

भोली शनिबार पनि बैंकहरु खुला हुनेछन्। बैंकहरुका लागि पनि पुस मसान्त महत्वपूर्ण समय हो। अहिले उनीहरुले जतिसक्दो पुरान ऋण उठाए उति आम्दानी बढ्ने र खराब कर्जा घट्ने हुन्छ।

ऋणीले बिदाका दिन पनि आएर पैसा तिरिदिउन् भनेर आज १० बजेदेखि कम्तिमा डेढ बजेसम्म बैंकका शाखाहरु खुला हुने छन्।

सरकारको आम्दानी निरन्तर घटिरहेका बेला उसले पुस मसान्तलाई महत्वपूर्ण हिसाबले हेरेको छ। विगतमा पुस मसान्तमा सरकारी कोषमा करिव ६० अर्ब रुपैयाँसम्म जम्मा हुन्थ्यो।

3445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्