जोडिनुहोस
बुधबार, असार २४, २०८३
बुधबार, असार २४, २०८३
  • होमपेज
  • मुख्यसचिव बने गोविन्दबहादुर कार्की

मुख्यसचिव बने गोविन्दबहादुर कार्की

सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । अर्याल करिब सात महिना मुख्यसचिव रहेर असार २६ गते उमेरहदका कारण अवकाशमा जान लागेका हुन् ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्