जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भारतबाट एचडीएफसी बैंकमार्फत महालक्ष्मी विकास बैंकको खातामा सिधै पैसा पठाउन सकिने

भारतबाट एचडीएफसी बैंकमार्फत महालक्ष्मी विकास बैंकको खातामा सिधै पैसा पठाउन सकिने

महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमापार वित्तीय सेवाहरू प्रवर्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी गर्न समझदारी भएको छ। समझदारीअन्तर्गत ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणाली संचालनमा आएको महालक्ष्मी बैंकले जनाएको छ। भारतबाट नेपालमा भुक्तानी प्रणाली संचालन गर्ने महालक्ष्मी बैंक पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी परीक्षण कारोबार समेत गरिसकेको जनाएका छन्।

समझदारीअनुसार महालक्ष्मी विकास बैंकले एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सीएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच पाउनेछ। अब व्यक्ति वा संस्थाले भारतबाट नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफर लगायत विभिन्न इलेक्ट्रोनिक माध्यमहरू प्रयोग गरी भारतको एचडीएफसी बैंकमार्फत नेपालमा रहेको महालक्ष्मी बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन्।

साथै, भारतमा रहेका अन्य बैंकहरूको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिने बैंकले जानकारी दिएको छ। एचडीएफसी बैंकसँगको सम्झौतासँगै नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमापार व्यापार र रेमिट्यान्समा संलग्न ग्राहकहरूलाई प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका